भोटेकोशीको बाढी
रामहरि न्यौपाने
५ आश्विन २०८३, सोमबार ०६:४०
भोटेकोशी बाढीले विपद्का बेला सूचना प्रवाहसँगै त्यसको गम्भीरता बुझेर पालना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ । बाढी आउँदैछ भन्ने सूचना प्राप्त गरे पनि त्यसलाई सामान्य रूपमा लिँदा सुरक्षित स्थानमा पुग्न सक्ने अवसर धेरैले गुमाए । त्यसैले विपद्को पूर्वसूचना पाउनेबित्तिकै त्यसको गम्भीरता बुझेर सावधानी अपनाउनु र सुरक्षित स्थानतर्फ जानु आवश्यक हुन्छ ।
किरण गुरुङ
४ आश्विन २०८३, आईतवार २०:५४
संगठनलाई गतिशील बनाइराख्न एउटै व्यक्ति लामो समयसम्म एउटै पदमा वा पार्टी र सरकार दुवैको कार्यकारी पदमा बस्ने परम्पराको अन्त्य हुनुपर्छ। पार्टीको विधानमै केन्द्रीय पदाधिकारी वा अध्यक्षका लागि अधिकतम दुई कार्यकाल (Two-term limit) को व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ, ताकि नयाँ पुस्ताले नेतृत्वमा आउन वर्षौँ कुर्नु नपरोस्।
ईञ्जिनियरको अनुभव
उदयराज न्यौपाने
४ आश्विन २०८३, आईतवार २०:५२
यस्तो घटना फेरि यो जगतमा कसैले भोग्न नपरोस्। हुन त यस्ता घटना पूर्ण रूपमा रोक्न सधैँ सम्भव नहोला, तर मानवीय जीवनसँगै अन्य जीवजन्तुको समेत क्षति हुन नदिने गरी सावधानी अपनाउने, सुरक्षित बस्ती तथा संरचना निर्माण गर्ने र आवश्यक शिक्षा तथा चेतना दिने काममा अझ गम्भीर हुनुपर्ने देखिन्छ।