४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु

ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्
अ+ अ-

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं नेपालका उद्योगी चन्द्रप्रसाद ढकालले नेपाल सुरक्षित, शान्त र खुला रहेकाले नेपाल घुम्न आउन विश्वका पर्यटकहरुलाई आग्रह गरेका छन् ।

उनले आज बिहान ढोरपाटनबाट फेसबुकमा स्टाटस लेख्दै भोटेकोशी बाढीका कारण नेपालमा घुम्न असुरक्षित त छैन भन्ने खालका जिज्ञासा पनि आउने गरेको उल्लेख गर्दै तर कुनै एक क्षेत्रमा आएको प्राकृतिक विपत्तिलाई लिएर यस्तो प्रश्न गर्न नहुने बताए हुन् ।

उनले भनेका छन्— कुनै एक क्षेत्र विशेषमा आएको प्राकृतिक विपत्तिका कारण सम्पूर्ण नेपाललाई असुरक्षित ठान्नु हुँदैन । नेपाल विश्वकै सुरक्षित पर्यटकीय गन्तव्यमध्ये एक हो । जहाँ जोखिम छ, त्यहाँ पर्याप्त मात्रामा सावधानी र पूर्वतयारी पनि छ । अहिले पनि ढोरपाटनजस्ता देशका अधिकांश पर्यटकीय स्थलहरू पूर्ण रूपमा सुरक्षित, शान्त र खुला छन् । आउनुहोस्, घुमेर आनन्द लिनुहोस् ।

उनको फेसबुक स्टाटस छ—

नमस्कार!

म यतिखेर बागलुङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल ढोरपाटनमा छु। यहाँको प्रकृति र पर्यावरणको त म शब्दमा बयान नै गर्न सक्दिन। हामीसँग यस्ता कैयौँ अद्वितीय पर्यटकीय सम्पदा छन्, जो संसारकै सबैभन्दा उत्कृष्ट गन्तव्यमा पर्दछन्।
यहाँ सगरमाथा छ, बुद्धको जन्मभूमि लुम्बिनी छ, अनुपम सभ्यता बोकेका प्रकृति र सांस्कृतिक सम्पदा छन्। हिमालका काखैमा बसेर मुस्कुराइरहेका सुन्दर गाउँहरू छन्। प्रकृतिसँगै मानिसको मन छुने आत्मीयता छ, अनि बहुसंस्कृतियुक्त परम्परा र भेषभूषा छन्।

त्यसैले हामीलाई लाग्छ—नेपाल आउनु भनेको केवल एउटा देश देख्नु होइन, हिमाललाई नजिकबाट चिन्नु, सांस्कृतिक विविधताको महसुस गर्नु र प्रत्यक्ष अलौकिक प्रकृतिसँग संवाद गर्नु पनि हो। त्यसैले त विदेशी पर्यटकहरू भन्ने गर्नुहुन्छ— “हामी नेपाल हेर्न मात्र जाँदैनौँ, एक पटक नेपाल पुगेपछि नेपाललाई मनमै बोकेर फर्किन्छौँ।“ यस्ता अभिव्यक्ति सुन्दा लाग्छ, हामी प्रकृतिको वरदान प्राप्त संसारकै सबैभन्दा भाग्यमानी नागरिक हौँ।

तर यतिखेर भने हामी घाइते छौँ। भोटेकोशी बाढीको विनाशले सयौँको ज्यान लिएको छ, हजारौँलाई बेपत्ता र घरबारविहीन बनाएको छ। नेपाल हिमालको देश, प्राकृतिक छटाहरूले सुसज्जित भूमि भएकाले कहिलेकाहीँ प्रकृति कठोर पनि हुने रहेछ, जुन कठोरता अहिले हामी भोगिरहेका छौँ।

तर, एउटा क्षेत्र विशेषमा आएको प्राकृतिक विपत्तिका कारण सम्पूर्ण नेपाललाई असुरक्षित ठान्नु हुँदैन। नेपाल विश्वकै सुरक्षित पर्यटकीय गन्तव्यमध्ये एक हो। जहाँ जोखिम छ, त्यहाँ पर्याप्त मात्रामा सावधानी र पूर्वतयारी पनि छ। अहिले पनि ढोरपाटनजस्ता देशका अधिकांश पर्यटकीय स्थलहरू पूर्ण रूपमा सुरक्षित, शान्त र खुला छन्।

हामी जस्तोसुकै विपत्तिबाट पनि फेरि उठ्न सक्ने अदम्य साहसी नेपाली हौँ। यस्तो कठिन समयमा तपाईंहरू नेपाल आइदिनुभयो भने त्यसले स्थानीय जनजीवनलाई ठूलो सहारा मिल्नेछ र हाम्रो अर्थतन्त्रलाई फेरि गति दिनेछ।
आउनुहोस्, नेपाल भ्रमण गरेर नेपालीलाई साथ दिनुहोस् र सुन्दर प्रकृतिसँग रमाउनुहोस्। नेपाल तपाईंको स्वागतका लागि सधैँ खुला छ।