४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा भइरहेको पार्टीको महाधिवेशन प्रक्रियामा आफू सहभागी नहुने स्पष्ट पार्नुभएको छ।

खड्काले सामाजिक सञ्जालमार्फत आफू महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी नभएको र सहभागी नहुने बताउनुभएको हो। उहाँले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशनमा सहभागी हुनु आफूलाई नैतिक रूपमा उचित नलागेको उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समेत आफूले उम्मेदवारी दिनुभएन। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टी विधान, राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगले विगतमा दलसम्बन्धी विवाद निरूपण गर्दा स्थापित गरेको नजिरविपरीत भएको दाबीसहित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले सभापति गगन थापाको हस्ताक्षरबाट प्राप्त टिकट लिएर निर्वाचनमा सहभागी हुनु नैतिक रूपमा उचित नहुने निष्कर्षमा पुगेको उहाँले बताउनुभएको छ।

खड्काले अहिले पनि सोही परिस्थिति दोहोरिएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार सर्वोच्च अदालतको डिभिजन बेन्चबाट आफूहरूको दाबीविपरीत फैसला भएपछि पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइएको थियो। पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया तथा डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकनका लागि निस्सा दिएको र उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको उहाँले बताउनुभएको छ।

यस्तो अवस्थामा पुनरावलोकनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म कांग्रेसको महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गर्दै आफूहरूले सर्वोच्च अदालतमा निवेदन दिएको पनि खड्काले उल्लेख गर्नुभएको छ। तर, पूर्ण इजलासले महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगरेपछि कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ।

खड्काले राजनीतिक परिस्थिति यथावत् रहे कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको दाबी गर्दै सम्भावित विभाजन रोक्न आफूहरू अन्तिम प्रयासमा रहेको बताउनुभएको छ। कांग्रेस विभाजन भए त्यसको असर पार्टीमा मात्र सीमित नभई नेपालको लोकतन्त्रमा समेत बहुआयामिक प्रभाव पर्न सक्ने उहाँले उल्लेख गर्नुभएको छ।

यसैबीच, खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसमक्ष विचाराधीन पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता मूल्यांकन गरी अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला गर्न आग्रह गर्नुभएको छ।

सर्वोच्च अदालतको अन्तिम फैसला आफूहरूका लागि स्वीकार्य हुनेसमेत खड्काले स्पष्ट पार्नुभएको छ।