४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव

रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव
अ+ अ-

काठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गर्नुभएको छ ।

ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गरी रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रस्ताव गर्नुभयो । त्यसका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार रहेको उहाँको भनाइ थियो ।

महर्जनले हाल रात्रिकालीन बस सेवाको खर्च धान्नका लागि कायम गरिएको बराबरी अवस्थालाई यथावत् राख्दै निश्चित मिति तोकेर त्यसपछि सेवा निःशुल्क घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी वैशाख १ गते वा उपयुक्त कुनै दिनलाई कटअफ मिति तोकेर रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रस्ताव गर्नुभयो ।

रात्रिकालीन बस सेवा प्रयोग गर्नेमा सुरक्षा गार्डलगायत न्यून आय भएका श्रमिकको संख्या बढी रहेको उल्लेख गर्दै उहाँले निःशुल्क सेवा उनीहरूका लागि स्थानीय तहले दिने उपहारजस्तै हुने बताउनुभयो ।

महर्जनले १८ वटै स्थानीय तहको सहकार्यमा खर्च व्यवस्थापन गरेर रात्रिकालीन बस सेवा निःशुल्क गर्न सके सार्वजनिक यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने दाबी गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन हुन अझै लामो समय लाग्नसक्ने भएकाले त्यस अवधिसम्म सार्वजनिक यातायातको विकल्पका रूपमा बस सेवालाई व्यवस्थित र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । मेट्रोका लागि काम सुरु भए पनि सञ्चालनमा आउन लामो समय लाग्ने भएकाले तत्कालै सार्वजनिक यातायात सुधारका काम अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

महर्जनले विद्युतीय बसमार्फत साझा यातायातले दिइरहेको सेवाको प्रशंसा गर्दै रात्रिकालीन सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन यस्ता सेवाको विस्तार आवश्यक रहेको बताउनुभयो ।