काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
दाहाललाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
पक्राउ परेका दाहाललाई थप अनुसन्धानका लागि आइतबार नै काठमाडौं ल्याउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ । पक्राउको कारण तथा उनीमाथि लागेको आरोपबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।








