४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो

‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’

‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’
अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो राख्दै सामाजिक सञ्जालमार्फत संकटका बेला एकअर्कालाई साथ दिनुपर्ने सन्देश दिएकी छन्।

झाँक्रीले ओलीको फोटोसहितको लामो स्टाटसमार्फत जीवनमा सबै दिन युद्ध र प्रतिस्पर्धाका नहुने उल्लेख गरेकी छन्। उनका अनुसार केही दिन यस्ता आउँछन्, जब जित्नका लागि होइन, बाँच्नका लागि एकअर्काको सहारा आवश्यक पर्छ।

उनले आज बलियो देखिएको व्यक्ति भोलि कमजोर अवस्थामा पुग्न सक्ने र आज शक्तिको अवस्थामा रहेको व्यक्तिले भोलि कसैको हात समात्नुपर्ने अवस्था आउन सक्ने बताएकी छन्। त्यस्तै, आज आफूले पछाडि पार्न खोजेको व्यक्तिले भोलि संकटबाट बाहिर निकाल्ने हात दिन सक्ने उनको भनाइ छ।

फ्ल्यास फ्लडले बलियो र कमजोर, धनी र गरिब तथा आफ्ना र परायालाई नछुट्याउने उल्लेख गर्दै झाँक्रीले विपत्तिका बेला सबैलाई एउटै भेलले हुत्याउन सक्ने बताएकी छन्।

‘आज कसैको हात छुटाउनु अघि एकपटक सोचौँ, भोलि त्यही हातको आवश्यकता हामीलाई पर्न सक्छ,’ उनले लेखेकी छन्।

उनले संकटका बेला कसैको खुट्टा तान्नु आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनुजस्तै हुने बताएकी छन्। समाज बलियो त्यतिबेला हुने उनको भनाइ छ, जब कमजोरलाई ढाल्न होइन, उठाउन मानिसहरू अघि सर्छन्।
झाँक्रीले जीवनमा सबैसँग सधैँ जित्न नसकिने भए पनि सबैसँग मिलेर बाँच्न सकिने उल्लेख गरेकी छन्।

‘कहिलेकाहीँ एउटा हातले अर्को हात समात्नु नै सबैभन्दा ठूलो राजनीति हुन्छ’ भन्दै उनले पीडितको आँसु पुछ्नु मानवता र ढल्न लागेको व्यक्तिलाई ‘उठ, अझै बाँच्न सकिन्छ’ भन्नु साहस भएको बताएकी छन्।

उनले विपत्तिका बेला पीडितलाई लुट्ने, ढलेको मानिसलाई उठाउनुको सट्टा थप पीडा दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएकी छन्। सबै एउटै डुंगाका यात्रु भएकाले एकअर्कालाई बचाउँदै सामूहिक रूपमा बाँच्नुपर्ने सन्देश झाँक्रीले दिएकी छन्।