१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा
अ अ+ अ-

काठमाडौं। विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह बिहीबार साँझ राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।

राजधानीको थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहले आगामी ग्रान्ड फिनालेको झल्को दिएको आयोजकले जनाएको छ।

विभिन्न स्थानमा आयोजित अडिसनबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका २२ जना महिलालाई समारोहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त तथा सफल व्यक्तित्वहरूले ट्याग नम्बर र स्यास प्रदान गरेका थिए। समारोहमा प्रतिस्पर्धीहरूले आफ्नो परिचयसमेत प्रस्तुत गरेका थिए। स्यासिङ समारोहसँगै उनीहरूलाई प्रतियोगिताका औपचारिक प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको आयोजक रिवन इन्टरटेनमेन्टले जनाएको छ।

यस वर्षको प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जनले प्रतिस्पर्धा गर्दैछन्।

रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यसपटकको प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता रहेको छ। गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला अन्तिम स्पर्धाका लागि छनोट भएका छन्।

प्रतियोगिताका आयोजक शिला बास्तोलाका अनुसार विभिन्न पेसामा सक्रिय तथा पारिवारिक जिम्मेवारी सम्हालिरहेका महिलालाई आफ्नो प्रतिभा र व्यक्तित्व प्रस्तुत गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको उद्देश्य रहेको छ।

मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने भएको छ। प्रतियोगिताबाट छनोट हुने मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

अश्विनी झाको कोरियोग्राफीमा आयोजना हुने प्रतियोगिताको सोही मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ। यी उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।

प्रतियोगिताका सहभागीलाई नृत्य प्रशिक्षण सन्दीप भुजेलले दिनेछन्। करिब ४५ दिनको प्रशिक्षणपछि आयोजना हुने ग्रान्ड फिनालेमा निशा बराइलीले सह–कोरियोग्राफी गर्नेछिन् भने गंगा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा कार्यक्रम सञ्चालन हुनेछ।

रिवन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको प्रतियोगिताको नयाँ संस्करणमा छनोट भएका २२ प्रतिस्पर्धीले अब ग्रान्ड फिनालेका लागि विभिन्न प्रशिक्षण तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुने आयोजकले जनाएको छ।