१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला

९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
अ अ+ अ-

काठमाडौँ।‘नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६’ ले ९९औँ एकेडेमी अवाड्र्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्रको छनोट प्रक्रिया सुरु गरेको छ ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी सूचनाअनुसार मापदण्ड पुगेका नेपाली चलचित्रले यही भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) भित्र आवेदन दिनुपर्नेछ । ओस्कारमा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताले काठमाडौँस्थित समितिको सचिवालयमा तोकिएको समयसीमाभित्र आफ्ना चलचित्र दर्ता गराउन आह्वान गरिएको छ ।

ओस्कारको प्रतिस्पर्धामा सहभागी हुने चलचित्रले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ भने विसं २०८२ असोज १५ देखि विसं २०८३ असोज १४ भित्रसिनेमा घरमा प्रदर्शन गरेको हुनुपर्नेछ । यसका साथै, चलचित्र व्यावसायिक सिनेमा घरमा टिकट काटेर लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने प्रावधान राखिएको समितिका अध्यक्ष शर्माले बताउनुभयो ।

अमेरिका र यसका भूभागबाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा सात दिन प्रदर्शन भएका चलचित्रलाई पनि मान्यता दिइनेछ । प्रदर्शनको सर्त पूरा नभएको खण्डमा भने चलचित्रले ओस्कारले तोकेका आधिकारिक अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ । उहाँका अनुसार टेलिभिजन, ‘भिओडी’, ‘डिभिडी’, ‘इन्टरनेट स्ट्रिमिङ’ वा ‘एयरलाइन इन्टरटेनमेन्ट’ जस्ता माध्यमबाट पहिलो पटक प्रदर्शन भएका चलचित्र भने छनोटका लागि अयोग्य मानिनेछन् ।

सहभागिताका लागि चलचित्रको निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्ने र चलचित्रमा नेपाली परिवेश तथा तत्वहरू झल्किएको हुनुपर्ने सर्त राखिएका छन् । त्यसैगरी, चलचित्रको ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ भने स्पष्ट बुझिने अङ्ग्रेजी ‘सवटाइटल’ अनिवार्य रूपमा राखिएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

छनोटमा परेको खण्डमा चलचित्रले ओस्कारको प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्ने समितिले जनाएको छ । इच्छुक निर्माताले आवेदन दिई आवश्यक सामग्रीसहित काठमाडौँस्थित सचिवालयमा सम्पर्क गर्न सक्नेछन् । यससम्बन्धी थप नियम र प्राविधिक जानकारी ओस्कारको आधिकारिक वेवसाइटबाट हेर्न सकिनेछ ।

आवेदन तथा थप जानकारीका लागि समितिका अध्यक्ष शर्मालाई सम्पर्क गर्न वा समितिको आधिकारिक इमेलमा पत्राचार गर्न सकिने समितिले जनाएको छ ।