१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै
अ अ+ अ-

काठमाडौँ। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि बढ्दो आक्रमण नियन्त्रण गर्न सरकारले विद्यमान कानून संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलका लागि प्रशताव पेश गर्दै आक्रमणकारीलाई कडा सजाय हुने गरी कानूनी दायरा फराकिलो बनाइने बताउनुभएको हो ।

बैठकमा विधेयकबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको मर्यादा र सुरक्षा सुनिश्चित गर्न विद्यमान ऐनमा समयसापेक्ष परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रश्तावित संशोधनअनुसार यसअघि कैद वा जरिवानामध्ये कुनै एक सजाय हुने व्यवस्थालाई परिवर्तन गरी अब कैद र जरिवाना दुवै सजाय हुने गरी कानुनी प्रावधान ल्याउन लागिएको छ ।

साथै, स्वास्थ्य संस्थामा कार्यरत प्रशिक्षार्थी तथा अध्ययनरत कर्मचारीहरूलाई समेत सुरक्षाको दायरामा ल्याउने गरी कानुन परिमार्जन गरिने मन्त्री मेहताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवालाई भरपर्दो र मर्यादित बनाउन स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणलाई अपराधीकरण गर्दै दण्डसजायको मात्रा बढाउनु अहिलेको मुख्य आवश्यकता हो ।’

मन्त्रालयको नामसमेत ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ अनुसार परिवर्तन गर्न लागिएको उहाँले प्रस्ट पार्नुभयो ।

स्वास्थ्यकर्मीबाट हुने लापरबाही वा त्रुटिपूर्ण उपचारको सम्बन्धमा भने छुट्टै नियामक निकायहरू जस्तै नेपाल मेडिकल काउन्सिल र उपभोक्ता अदालतहरू क्रियाशील रहेको भन्दै उहाँले त्यस्ता उजुरीका लागि स्थापित विधिअनुसार नै कारबाही हुने स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल