१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’

‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’
अ अ+ अ-

भक्तपुर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपीडितको पुनःस्थापना र प्रभावित क्षेत्रमा पुनःनिर्माण गरी पुरानै अवस्थामा फर्काउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घद्वारा वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी, निर्यातकर्तालगायत सरोकार भएका निकायसँग आयोजित छलफल कार्यक्रममा उहाँले सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य गरेर पुनःस्थापना र पुनःनिर्माण अघि बढाउने बताउनुभयो ।

बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा पुगेर सुरुवाती चरणमा उद्धार कार्यसँगै खाद्यान्नलगायत राहत वितरण गरेको र अहिले पुनःस्थापना र पुनःनिर्माणमा लागिपरेको उहाँंले बताउनुभयो ।

राज्य एक्लैले चाहेर मात्र बाढी प्रभावित क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै उहाँले सहकार्यका लागि निजी क्षेत्रलगायत विभिन्न सङ्घ संस्थासँग छलफल गरिरहेको बताउनुभयो ।

कार्यक्रमपछि जिल्लाको आधुनिक एवं व्यावसायिक कृषि, दिगो पर्यटन र निर्यातमुखी हस्तकला, औद्योगिक तथा व्यावसायिक विकास लागि सङ्घको तर्फबाट १३ बुँदे माग एवं सुझावसहितको पत्रसमेत मुख्यमन्त्री थापालाई हस्तान्तरण गरिएको थियो । रासस