१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने
अ अ+ अ-

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशु वधशाला स्थापना नभएका क्षेत्रमा मासु सुपरीवेक्षकले तोकेको समय र स्थानमा मात्र पशु वध गर्नुपर्ने बताउनुभएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार आयोजना गरेको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनको अवस्था र अबको कार्ययोजना’ विषयक छलफलमा उहाँले जथाभावी पशु वध गर्ने तथा अस्वस्थकर मासु बिक्री गर्ने प्रवृत्ति नियन्त्रणका लागि वधस्थल व्यवस्थापन, मासु परीक्षण र निरीक्षणलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

महानिर्देशक दाहालले प्रत्येक स्थानीय तहमा वधशाला स्थापना गर्न आवश्यक नरहेको बताउँदै मासुको माग र भौगोलिक अवस्थाका आधारमा उपयुक्त स्थानमा वधशाला निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । काठमाडौं उपत्यकाको मासुको मागअनुसार आवश्यक वधशाला निर्माणका विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार वध गरिएको पशुको मासु बिक्री गर्नुअघि मासु निरीक्षकबाट परीक्षण गराउनुपर्ने हुन्छ । रोग लागेको वा उपभोगका लागि अनुपयुक्त मासु बिक्री गर्न नपाइने व्यवस्था रहेको भन्दै उहाँले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर स्वस्थकर मासु मात्र बिक्री वितरण गर्नुपर्ने बताउनुभयो ।

रोग लागेर वा अन्य कारणले मरेका पशुको मासु बिक्री गर्न नपाइने उहाँले स्पष्ट पार्नुभयो । गाउँघरमा पशु मरेपछि तत्काल काटेर खाने प्रचलनले संक्रामक रोगको जोखिम बढाउन सक्ने भएकाले त्यस्तो अभ्यास रोक्नुपर्ने उहाँको भनाइ छ ।

दाहालका अनुसार गाई, गोरु र साँढेको मासु बिक्री गर्न पाइँदैन । छालासहितको मासु बिक्रीमा समेत प्रतिबन्ध रहेको उहाँले बताउनुभयो । तर कुखुरा तथा सुँगुर, बङ्गुर र बँदेलको मासु परीक्षणका लागि आवश्यक पर्ने केही भाग तथा टाउको र खुट्टाजस्ता अङ्ग छालासहित बिक्री गर्न सकिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

मासुमा मिसावट तथा गलत पहिचान गरी उपभोक्ता ठग्ने कार्य नियन्त्रणका लागि प्रभावकारी अनुगमन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

हाल सञ्चालनमा रहेका वधशाला तथा वधस्थलको स्तरोन्नति गर्दै आवश्यकताअनुसार नयाँ संरचना निर्माण गर्नुपर्ने विभागको भनाइ छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा बङ्गुर वधशाला निर्माणको काम अघि बढिरहेको दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी खसीबोका तथा बाख्राको वधका लागि भक्तपुरको जडीबुटी–मनहरा क्षेत्र, शंखमूल, कीर्तिपुर र धार्केमा उपलब्ध हुन सक्ने जग्गाबारे सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

काभ्रे र बनेपामा स्थानीय तहको स्वामित्वमा वधस्थल रहेको तथा बुटवलको रामनगरमा दैनिक करिब एक हजार खसीबोका वध गर्न सक्ने क्षमताको वधशाला रहेको उहाँले जानकारी दिनुभयो । इटहरीमा करिब ५०० राँगा तथा भैँसी वध गर्न सक्ने वधशाला रहेको छ ।

त्यस्तै धादिङमा खसीबोकाका लागि वधशाला रहेको र सिन्धुलीमा करिब दुई हजार पशु वध गर्न सक्ने क्षमताको वधशाला निर्माणाधीन रहेको दाहालले बताउनुभयो । हेटौँडा, बर्दिबास, सुनसरी र बारामा रहेका वधस्थल तथा वधशालालाई समेत पुनः सञ्चालन गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ।