१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही

व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत इगो साँट्न राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले विधि र प्रक्रिया मिचेर गरिएका गिरफ्तारीले सरकारको छवि धुमिल बनाएको बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारीको प्रसंग उल्लेख गर्दै उहाँले कानुनी राज्यको उपहास भएको जिकिर गर्नुभयो । भ्रष्टाचार र अपराध अनुसन्धानमा सरकारले छनोटपूर्ण व्यवहार गरिरहेको आरोपसमेत उहाँले लगाउनुभयो ।

शाहीले कुनै पनि व्यक्तिलाई कानुनी प्रक्रियाबाहिर गएर पक्राउ गर्न नहुने बताउँदै पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले प्रमाणबिना राति पक्राउ गरेर पछि छाड्ने कार्यलाई ‘बालहठ’को संज्ञा दिनुभयो ।

‘कोही पनि व्यक्तिलाई पक्राउ गर्नुहुन्न भन्ने होइन, तर पक्राउ गर्दा कानुनी आधार र अदालतको पक्राउ पुर्जी अनिवार्य हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘प्रमाणबिना राति ३ बजे पक्राउ गर्नु र पछि छाड्नु बालहठ मात्र हो ।’

भ्रष्टाचारका विभिन्न प्रकरणमा आरोपित व्यक्तिहरू खुला हिँडिरहेको दाबी गर्दै शाहीले सरकारले व्यक्तिगत प्रतिशोधका लागि मात्रै शक्ति प्रयोग गरेको आरोप लगाउनुभयो । उहाँले विगत र वर्तमान सरकारको कार्यशैलीमा फरक देखिन छाडेको पनि बताउनुभयो ।

शाहीले सरकारलाई सुशासनको मार्गमा अघि बढ्न आग्रह गर्दै भ्रष्टाचारविरुद्ध वास्तविक कदम चालिए आफ्नो दलले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तर राज्यसत्ताको दुरुपयोग जारी रहे जनता सडकमा आउन बाध्य हुने चेतावनी उहाँले दिनुभयो ।