काठमाडौँ। पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनका लागि कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्दै आवश्यक पूर्वतयारी तीव्र बनाउन निर्देशन दिएकी छन्।
स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा मन्त्री चौधरीले साना तथा परम्परागत मासु व्यवसायीको संरक्षणसँगै व्यवसायलाई क्रमशः आधुनिकीकरण र व्यावसायीकरण गर्नुपर्नेमा जोड दिइन्।
उपभोक्तालाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय मासु उपलब्ध गराउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताइन्।









