१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै

नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
अ अ+ अ-

बाँके। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नेपालगञ्जमा सञ्चालन गर्ने गरी गरिएको तयारीको उहाँले आज गर्नुभएको हो ।

दशौँ राष्ट्रिय खेलकुदका लागि नेपालगञ्जमा उपलब्ध खेल पूर्वाधारको अवस्था र सम्भावित खेलस्थलको निरीक्षण गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव पौडेल नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

सुर्खेतमा प्रतियोगिताको पूर्वतयारीबारे स्थलगत जानकारी लिएर फर्किने क्रममा सचिव पौडेल, सहसचिव रमेश ढकालसहितको टोलीले नेपालगञ्ज रङ्गशालामा रहेका विभिन्न खेल पूर्वाधारको निरीक्षण गरेको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।

टोलीले रङ्गशालाको मुख्य मैदान, पौडी पोखरी, सुटिङ रेन्ज, कभर्ड हललगायत संरचनाको अवलोकन गरेको थियो । निरीक्षणपछि नेपालगञ्जमा दशौँ राष्ट्रिय खेलकुदका करिब छ वटा खेल सञ्चालन गर्न सकिने सम्भावनाबारे छलफल भएको चन्दले बताउनुभयो ।

निरीक्षणका क्रममा सचिव पौडेलले नेपालगञ्जमा रहेका खेल पूर्वाधारको प्रयोग र संरक्षणलाई समेत ध्यान दिएर प्रतियोगिताका सञ्चालनको तयारी अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “नेपालगञ्जमा उपलब्ध खेल पूर्वाधारको अवस्था बुझेर राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सञ्चालन गर्न आवश्यक तयारी र व्यवस्थापनका विषयमा सम्बन्धित पक्षसँग समन्वय गरेर अघि बढ्नेछौँ”, उहाँले भन्नुभयो ।

सो अवसरमा कार्यालय प्रमुख चन्दले टोलीलाई नेपालगञ्ज रङ्गशालामा रहेका विभिन्न खेलस्थल, पूर्वाधार तथा तिनको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा ठूलो लगानीमा विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको थियो । रासस