१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ

गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टेलिफोनमार्फत गृहमन्त्रीको सचिवालयका मानिससँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय धर्मराज मल्ललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा एवं सार्वजनिक मर्यादाविपरीत अडियो सार्वजनिक भएको आरोपमा मल्ललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ मल्लविरुद्ध छवटा मुद्दा रहेको खुलेको छ । अडियोबारे वास्तविकता बुझ्न सोधपुछ गर्दा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

पक्राउ मल्लविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ मल्लविरुद्ध बाँकेमा दूरसञ्चार ऐनको कसुरमा मुद्दा दर्ता भएको र यो मुद्दामा उनी फरार रहेको प्रहरीले जनाएको छ । यस्तै, बाँकेमै तीनवटा अभद्र एउटा ठगी र एउटा बैंकिङ कसुरको मुद्दासमेत मल्लविरुद्ध परेको प्रवक्ता थापाले बताउनुभयो । रासस