२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह
अ अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक संरचनाबाट नेपालले लाभ लिन संरक्षणमुखी नीतिभन्दा प्रतिस्पर्धी क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

युरोपियन इकोनोमिक चेम्बर नेपालले आज यहाँ आयोजना गरेको ‘युरोपेली युनियन र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताले नेपालको प्रमुख आर्थिक क्षेत्रमा पार्ने प्रभाव’ विषयक छलफल कार्यक्रममा उहाँले नेपालले आफ्नो निर्यात गर्ने क्षमतामा सुधार गर्नुपर्ने बताउनुभयो ।

“नेपालले भारतको युरोप लक्षित व्यापार शृङ्खलासँग प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्दै प्राकृतिक रेसा, धागो, कृषि प्रशोधन, प्याकेजिङ, जलविद्युत्, व्यावसायिक सेवा तथा अन्य सामग्रीमार्फत क्षेत्रीय आपूर्ति शृङ्खलामा सहभागी हुने गरी अघि बढन जरुरी छ”, उहाँले भन्नुभयो, “दुई मुलुकबीच भएको सम्झौताबाट नेपालले कसरी लाभ लिने भन्नेतर्फबाट अघि बढ्न आवश्यक छ ।”

मन्त्री साहले पश्मिना, गलैँचा, फेल्ट, अर्थोडक्स चिया, कफी, मसला, प्राकृतिक उत्पादन तथा डिजिटल सेवामा नेपालको सम्भावना रहेको उल्लेख गर्दै गुणस्तर, पहिचान र मौलिकताका आधारमा अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालले विदेशी लगानी भित्र्याउनका लागि पनि आवश्यक पर्ने लगानीमैत्री वातावरण बनाउनेतर्फ पनि अग्रसर हुनुपर्ने बताउनुभयो । नेपालले विदेशी मुलुकमा निर्यात गर्ने समानको लागत घटाउँदै प्रतिस्पर्धात्मक गर्ने क्षमतामा सुधार ल्याउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपालका लागि युरोपेली युरोपेली युनियनका राजदूत चाल्र्स ह्वाइटलीले  युरोपेली युनियन  र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताबाट विभिन्न लाभ लिन सक्ने बताउनुभयो । उहाँले नेपालले गुणस्तरीय र प्रतिस्पर्धात्मक वस्तु निर्यातमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्माले नेपालले विदेशी मुलुकमा स्वच्छ ऊर्जा, कृषि उत्पादन, तयारी पोसाकलगायत वस्तु निर्यात गर्ने सम्भावना भएकाले पनि व्यवस्थित ढङ्गले निर्यात गर्नका लागि नीतिगत सुधार गर्नेतर्फ अघि बढ्नका लागि सुझाव दिनुभयो । युरोपियन इकोनोमिक चेम्बर नेपालका अध्यक्ष नारायण बजाजले सो सम्झौताबाट नेपालले निर्यात गर्ने वस्तुको मौलिकतालाई जोगाउँदै अन्तरराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताउनुभयो । रासस