२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल

ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल
अ अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री र नेपाल भ्रमणमा रहेका ओमानको प्रतिनिधिमण्डलका प्रमुख महामहिम शेख खलिफाबीच नेपाल–ओमान द्विपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको छ।

बिहीबार कृषि, वन तथा पर्यावरण मन्त्रालयमा भएको शिष्टाचार भेटघाटमा दुई देशबीच कृषि, वन, वातावरण, रासायनिक मल आपूर्ति, व्यापार, जलवायु परिवर्तन तथा श्रम सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटमा ओमानका प्रतिनिधिमण्डलका प्रमुख शेख खलिफाले नेपाल र ओमानबीच मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै भविष्यमा नेपालमा ओमानको दूतावास स्थापना गर्ने सम्भावनाबारे चर्चा गरे। उनले कोभिड–१९ महामारीअघि सञ्चालनमा रहेको नेपाल–ओमान प्रत्यक्ष हवाई उडान पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

ओमानमा उत्पादित ग्रिन युरिया भारतमा निर्यात भइरहेको जानकारी दिँदै उनले नेपालमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको बताए।

मन्त्रीले नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै मल आपूर्तिका लागि ओमानसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए।

मन्त्रालयका सचिवले सरकार–सरकार (G2G) संयन्त्रमार्फत मल आपूर्ति तथा कम्पनी–कम्पनी (B2B) सम्झौतामार्फत खरिद, ढुवानी, पारवहन र लजिस्टिक व्यवस्थापनका विषयमा थप समन्वय आवश्यक रहेको बताए। यसका लागि सम्बन्धित कम्पनीहरूसँग सम्पर्क र छलफल अघि बढाउने विषयमा समेत कुराकानी भएको छ।

भेटमा नेपालबाट चिया, अलैँची, ताजा तरकारी, आँप, स्याउलगायत कृषि उपज तथा पशुजन्य उत्पादनको ओमानमा निर्यात प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो। मन्त्रीले प्रत्यक्ष हवाई उडान पुनः सञ्चालन हुन सके कृषि उपजको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने बताए।

जलवायु परिवर्तनका विषयमा मन्त्रीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालले भोगिरहेको बताए।

हिमाली क्षेत्रमा हिमपात हुने स्थानमा वर्षा हुने क्रम बढेको तथा हालैका बाढीजन्य विपद्बाट ठूलो क्षति भएको उल्लेख गर्दै उनले पर्वतीय कूटनीति र जलवायु परिवर्तनबाट सिर्जित हानि तथा क्षति (लस एन्ड ड्यामेज) सम्बन्धी अन्तर्राष्ट्रिय पहलमा ओमानको सहयोग र सहकार्यको अपेक्षा व्यक्त गरे।

हालै नेपालमा आएको विनाशकारी बाढीप्रति ओमानका प्रतिनिधिमण्डलका प्रमुखले दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाए।

त्यसैगरी, ओमानमा कार्यरत नेपाली श्रमिकलाई थप सीपयुक्त बनाउने, सम्मानजनक तथा सुरक्षित रोजगारीका अवसर विस्तार गर्ने र वैदेशिक रोजगार प्रक्रियालाई पारदर्शी तथा न्यायोचित बनाउने विषयमा पनि छलफल भयो। मन्त्रीका सल्लाहकारले नेपाली श्रमिकमाथिको आर्थिक भार कम गर्न अत्यधिक भर्ती शुल्क नलिने, कानुनी प्रावधानको पालना गर्ने तथा श्रमिकको अधिकार र हित सुनिश्चित गर्ने नैतिक भर्ती प्रणाली अवलम्बन गर्ने रोजगारदाता तथा भर्ती कम्पनीसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।

भेटघाटले नेपाल र ओमानबीच कृषि, वातावरण, रासायनिक मल आपूर्ति, कृषि व्यापार, पर्वतीय कूटनीति तथा सीपयुक्त जनशक्ति व्यवस्थापनका क्षेत्रमा पारस्परिक हितमा आधारित सहकार्य विस्तार गर्ने सम्भावनालाई थप बल पुर्‍याएको छ।