काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान नहुने भएको छ।
बिहीबार बिहान १० बजेका लागि निर्धारण गरिएको मतदान पटक–पटक स्थगित हुँदै दिउँसो २ः३० बजेसम्मका लागि सारिएको थियो। तर, उक्त समयमा समेत मतदान सुरु हुन नसकेपछि आजका लागि मतदान प्रक्रिया अघि बढ्न सकेन।
केन्द्रीय निर्वाचन समितिले बिहीबार साँझसम्म मतदानको अर्को समय सार्वजनिक नगरेपछि आज मतदान नहुने निश्चित भएको हो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार अब शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदानको तयारी गरिएको छ।








