रकाठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ तथा खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ।
कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौं बसाइँको खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन्।
श्रेष्ठका अनुसार महाधिवेशन असोज २२ गतेभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्वाचन प्रक्रिया लम्बिएपछि महाधिवेशन एक दिन थप भएको हो।
महाधिवेशन लम्बिँदा प्रतिनिधिहरूलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले थप एक दिनको बसोबास तथा खानपिनको आवश्यक व्यवस्थापन पार्टीले नै गर्ने श्रेष्ठले बताए।








