२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी News Polar २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ? News Polar भरुवा बन्दुक बनाउने आरोपमा मोरङमा एक जना पक्राउ News Polar लागुऔषधसहित २५ जना पक्राउ News Polar “दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, सुरक्षा र अधिकारको प्रतीक सेतो छडी” News Polar कांग्रेसको मतदान २ बजेपछि मात्रै सुरु हुने

क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल

क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल
अ अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनुभएको छ।

कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवि सभाको ६७औं वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ।

मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ।

क्यालेन्डर प्रभावित भएमा त्यसको स्पष्ट कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ।

यस सन्दर्भमा उहाँले निर्देशन दिँदै भन्नुभयो, “प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन अध्यापनको समयावधि, प्रभावकारी आन्तरिक मूल्याङ्कन, अन्तिम परीक्षाको नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणको यथार्थ समय तालिका र प्रविधिको उच्चतम प्रयोग गरी विद्यार्थीहरूलाई सेवा प्रवाह गर्न ठोस कार्ययोजना बनाई अगाडि बढ्न सम्बन्धित पदाधिकारीहरूलाई निर्देश गर्दछु। कुनै कारणले क्यालेन्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समयसीमा पनि सार्वजनिक गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु।”

परीक्षा प्रणालीमा फेरबदल गर्दै अब विद्यार्थीले कति लेख्यो भन्दा पनि उसले कति सिक्यो भन्ने कुराको मापन गर्नुपर्ने मन्त्री पोखरेलको जोड थियो।

रटेको ज्ञानभन्दा व्यावहारिक र सिर्जनशील जनशक्ति उत्पादन गर्नुपर्ने औँल्याउँदै उहाँले थप्नुभयो, “परीक्षामा विद्यार्थीले कति लेख्यो मात्र होइन, उसले कति सिक्यो भन्ने पनि मापन गरौं। अब रटेको ज्ञान होइन, समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक दक्षता विकास गर्न सक्ने गरी अध्यापन र अनुसन्धान कार्यमा संलग्न रहन सम्बन्धित प्राध्यापकज्यूहरूलाई समेत अनुरोध गर्न चाहन्छु।”

देशका विभिन्न समस्याको समाधान खोज्न विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँले विशेष जोड दिनुभयो।

अनुसन्धान र नवप्रवर्तनबारे बोल्दै उहाँले भन्नुभयो, “नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई विश्वविद्यालयले अझ प्राथमिकता दिनुपर्छ। ज्ञान उत्पादन र त्यसको प्रयोगबीचको दूरी घटाउन सके मात्र विश्वविद्यालयको अनुसन्धानले राष्ट्रिय विकासमा थप प्रभावकारी योगदान दिन सक्छ।”

विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रबिन्दु विद्यार्थी हुनुपर्ने स्पष्ट पार्दै मन्त्री पोखरेलले कृत्रिम बुद्धिमत्ता लगायतका प्रविधिलाई अवसरका रूपमा लिनुपर्ने बताए।

विद्यार्थी केन्द्रित सुधार र प्रविधिको प्रयोगबारे उहाँले प्रष्ट पार्दै भन्नुभयो, “विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रमा विद्यार्थी हुनुपर्छ। विद्यार्थीका गुनासा, आवश्यकता र आकांक्षालाई सुन्ने तथा समाधान गर्ने प्रभावकारी संयन्त्र विकास गर्न आवश्यक छ। कृत्रिम बुद्धिमत्ता लगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नभई ज्ञान र नवप्रवर्तनको नयाँ अवसरका रूपमा ग्रहण गर्दै यसको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति तथा क्षमता विकास गर्नुपर्ने देखिन्छ।”