काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा पार्टीका पदाधिकारीसँगै वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मनोनित स्थायी कमिटी सदस्यहरूको सहभागिता रहेको छ।
बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ। वरिष्ठ नेता भण्डारी लामो समयपछि एमालेको स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको हो।








