२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
अ अ+ अ-

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपाली ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनुभएको छ ।

कर्पोरेट नेपालद्वारा आज यहाँ आयोजित ‘नेपाली ब्राण्ड परिसंरचना २०८३’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले नेपालका उत्पादन तथा ब्राण्डको वर्तमान अवस्था पहिचान गर्न वैज्ञानिक विधिबाट गरिएको अध्ययन महत्त्वपूर्ण हुने बताउनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाली ब्राण्डको प्रवर्द्धनका लागि विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । औद्योगिक तथा बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा राज्यका सम्बन्धित निकाय, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले नेपालका विशिष्ट उत्पादन, मौलिक पहिचान र भौगोलिक विशेषताबाट अन्तरराष्ट्रिय बजारमा लाभ लिन सकिने बताउनुभयो । भौगोलिक पहिचानसँग जोडिएका उत्पादनलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गर्दै विश्व बजारमा नेपाली ब्राण्डका रूपमा स्थापित गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

“आजको व्यापार भौगोलिक सीमामा मात्र सीमित छैन । सूचना प्रविधिले हाम्रा उत्पादनलाई विश्व बजारसम्म सहज रूपमा पुर्‍याउने वातावरण बनाएको छ,” सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो ।

सरकारको भूमिका नेपाली उत्पादन र ब्राण्डलाई विश्व बजारमा पुर्‍याउन आवश्यक वातावरण निर्माण गर्ने र प्रक्रियागत रूपमा सहजीकरण गर्ने रहेको उहाँले स्पष्ट पार्नुभयो । यसका लागि आवश्यक नीति, नियम र कानुन निर्माण तथा विभिन्न सरकारी निकायबीच समन्वयलाई सरकारले प्राथमिकतामा राख्ने उहाँको भनाइ थियो ।

नेपाली उत्पादन र ब्राण्डको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नीतिगत रूपमा के–कस्तो काम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न निकायबीच समन्वय आवश्यक छ । त्यसका लागि सरकार सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न तयार छ ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाली ब्राण्डको विकास केवल व्यापारिक विषय नभई मुलुकको अर्थतन्त्रसँग समेत जोडिएको बताउनुभयो । नेपालका विशिष्ट तथा मौलिक उत्पादनलाई प्रभावकारी रूपमा ब्राण्डका रूपमा स्थापित गर्नसके त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने उहाँको भनाइ थियो ।

उहाँले ब्राण्डिङ केवल प्रचार–प्रसारको विषय नभई मौलिकता, नेपालीपन र छुट्टै पहिचान निर्माण गर्ने प्रक्रिया भएको बताउनुभयो । आफ्ना उत्पादन तथा व्यवसायमा नेपालीपन र मौलिक पहिचान स्थापित गर्दै अघि बढ्न सके दीर्घकालीन रूपमा उपभोक्ताको विश्वास र व्यावसायिक सफलता हासिल गर्न सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । रासस