२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने

एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने
अ अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) ले आगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन् ।

उहाँले अगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनि बताउनु भयो । उपमहासचिव भट्टले नगर र वडा अधिवेशन लगत्तै सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय समेत गरेको छ । उहाँले बैठकमा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथ समेत लिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा चारवटा एजेण्डाहरु थिए । वरिष्ठ नेता विद्यादेवी भण्डारीले बैठकको आरम्भमै शपथ ग्रहण गर्नुभयो । अनि संगठनसम्बन्धी प्रश्तावमा विशेष छलफल भएर निर्णय भएको छ । त्यसैगरी, केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी बैठकका कार्यसूची अब भोलिको १ बजे बस्ने बैठठकमा गरिनेछ । मधेस प्रदेशमा समानुपातिक तर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जैनव खातुनको निधन भएको हुँदा त्यसको उसमा रिक्त स्थानको मापदण्ड अनुरूप क्रम संख्या ४२ तथा बन्द सूचीको क्रम संख्या क्रम ४० मा रहनुभएकी नाजमा खातुनलाई पठाउने निर्णय गरिएको छ । बैठकले अगामी मंसिर २६ मा वडा अधिवेशन, आगामी पौष ४ मा पालिका अधिवेशन, मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरुसहित नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ । १३ वटा जिल्लामा अध्यक्ष पद खालि रहेको छ । त्यसको लागि स्थानीय कमिटीले नै निर्माण गरेर माथिल्लो कमिटीमार्फत अनुमोदन गराई त्यसपछि कार्यान्वयनमा जान्छ । त्यो आयोजक समितिको रुपमा रहन्छ ।’

उपमहासचिव भट्टले अध्यक्ष पद रिक्त रहेका १३ वटा जिल्लाको अध्यक्ष तोक्ने जिम्मेवारी पार्टीको तल्लो कमिटीलाई दिइएको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल