१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान

मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
अ अ+ अ-

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको निमन्त्रणामा अमेरिकी ‘कन्ट्री’ संगीत विधाकी चर्चित गायिका तथा गीतकार जेसिका लीन नेपाली संगीतकर्मी तथा संगीत उद्योगका पेसाकर्मीसँग व्यावसायिक आदानप्रदानका लागि काठमाडौं आइपुगेकी छन्।

भदौ ८ देखि १३ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रम अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रमका क्रममा लीनले गीत लेखन, संगीत व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार तथा समग्र संगीत उद्योगका विषयमा नेपाली कलाकार तथा पेसाकर्मीसँग अन्तरक्रिया गर्नेछिन्। उनले नेपाली गायक–गायिका, संगीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक लगायतसँग अनुभव तथा ज्ञान आदानप्रदान गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।

यसबाट नेपाली संगीतकर्मीले अमेरिकी संगीत उद्योगको बजार, श्रोता तथा व्यावसायिक अभ्यासबारे नयाँ दृष्टिकोण हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय कलाकार तथा संगीत उद्योगका पेसाकर्मीसँग सहकार्यका सम्भावनाबारे जानकारी पाउने अपेक्षा गरिएको छ।

नेपालको संगीत क्षेत्र विस्तार हुँदै गएको अवस्थामा अन्तर्राष्ट्रिय अनुभव र दृष्टिकोणसँग नेपाली सिर्जनशील समुदायलाई जोड्दा नेपाली संगीतको बजार तथा अन्तर्राष्ट्रिय श्रोता–दर्शकमाझ पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले अमेरिका र नेपालबीचको साझेदारी कला तथा संस्कृतिको क्षेत्रमा पनि विस्तार भएको बताए। अमेरिकी स्वतन्त्रताको २५०औँ वर्ष मनाइरहँदा अमेरिकी सांस्कृतिक उत्कृष्टता नेपाली समुदायसँग बाँड्न पाउनु गौरवको विषय भएको उनको भनाइ छ।

उनले संगीत अमेरिका र नेपालका जनतालाई जोड्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै दुवै देशका कलाकार तथा श्रोता–दर्शकबीच सिकाइ, अनुभव आदानप्रदान र व्यावसायिक सम्बन्ध निर्माणका अवसर सिर्जना गर्न कार्यक्रमले योगदान पुर्‍याउने बताए।

 पुल्चोकमा सार्वजनिक कन्सर्ट

‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको समापन भदौ १३ गते शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजा सम्मेलन केन्द्र मा सार्वजनिक कन्सर्टमार्फत हुनेछ। दर्ता भएका आमन्त्रित अतिथिका लागि दिउँसो ३ः३० बजे ढोका खुल्नेछ भने कन्सर्ट ४ः३० बजे सुरु हुनेछ।

कन्सर्टमा जेसिका लीनसँगै नेपाली कलाकार रातो रानी  र उजन शाक्यले प्रस्तुति दिनेछन्। साथै, जेसिका लीन र प्रख्यात सारङ्गीवादक तथा अमेरिकी सरकारी आदानप्रदान कार्यक्रमका पूर्वसहभागी किरण नेपालीको विशेष फ्युजन प्रस्तुति पनि रहनेछ।