१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले केन्द्रिय कार्यसम्पादन समितिको आकार बढाएर ४१ सदस्यीय बनाउने प्रश्ताव अघि सार्नुभएको छ ।

पार्टीको विधानलाई समयानुकूल बनाउने उद्देश्यका साथ महाधिवेशनको बन्दसत्रमा यस्तो प्रश्ताव गर्नुभएको हो । सोमवार प्रश्तुत उक्त प्रश्तावमा पार्टीका विभिन्न तहमा नयाँ परिषद् तथा ब्युरो गठन गर्नेसम्मका रणनीतिक व्यवस्था गरिएको छ ।

महामन्त्री पौडेलले प्रश्तुत गर्नुभएको प्रश्तावअनुसार हाल ३१ सदस्यीय रहेको केन्द्रिय कार्यसम्पादन समितिलाई ४१ सदस्यीय बनाउने गरी विधान संशोधनको खाका अघि सारिएको छ ।

यसका साथै केन्द्रिय कार्यसमिति र पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारलाई थप स्पष्ट र निर्दिष्ट बनाउँदै प्रत्येक सदस्यलाई जिम्मेवारी दिइने व्यवस्थालाई विधानमै समावेश गरिएको छ ।

पार्टीले सरकार सञ्चालनको पूर्वतयारी र जनप्रतिनिधिहरूको निरन्तर अनुगमनका लागि ‘गभर्नेन्स कमिटी’ को अवधारणा अघि सारेको छ ।

यस संयन्त्रमार्फत जनप्रतिनिधिहरूलाई जनताप्रति थप उत्तरदायी बनाउन, पार्टीसँग समन्वय बढाउन र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित गर्न नयाँ ‘निर्वाचन ब्युरो’ को व्यवस्था गरिएको छ । यसले निर्वाचनको रणनीति, प्रचारप्रसार र उम्मेदवारको मापदण्ड तय गर्नेछ । साथै, ३ सदस्यीय केन्द्रिय निर्वाचन समितिको पनि प्रश्ताव गरिएको छ ।

प्रश्तावमा जिल्ला सम्पर्क समितिहरूलाई आधिकारिकता प्रदान गर्न ‘जिल्ला सम्पर्क समिति समन्वय परिषद्’ गठन गर्ने र ज्येष्ठ नेताहरूको अनुभवलाई पार्टीमा सदुपयोग गर्न ‘ज्येष्ठ सदस्य सल्लाहकार परिषद्’ स्थापना गर्ने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय कार्यसम्पादन समिति ३१ सदस्यबाट बढाएर ४१ सदस्यीय बनाउने व्यवस्था गरिएको छ । साथै, केन्द्रिय कार्यसमिति र पदाधिकारीका काम, कर्तव्य तथा अधिकारलाई थप स्पष्ट गरिएको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउँदै प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न शासन तथा सुशासन अध्ययन संस्थानको व्यवस्था गरिएको छ । निर्वाचनको पूर्वतयारी, रणनीति निर्माण, प्रचारप्रसार तथा उम्मेदवारको मापदण्ड तय गर्न निर्वाचन ब्युरो गठन गरिनेछ । केन्द्रिय निर्वाचन समिति तीन सदस्यीय रहने व्यवस्था गरिएको छ । त्यसैगरी, जिल्ला सम्पर्क समितिहरूबीच समन्वयका लागि जिल्ला सम्पर्क समन्वय परिषद्, ज्येष्ठ सदस्यहरूको अनुभव, ज्ञान र दक्षतालाई पार्टीमा उपयोग गर्न ज्येष्ठ सदस्य सल्लाहकार परिषद् तथा युवाहरूको सहभागिता र नेतृत्व विकासका लागि कांग्रेस युवा परिषद्को व्यवस्था गरिएको छ । यी व्यवस्थाहरू केन्द्रिय समितिमा छलफल गरी प्राप्त सुझावसमेत समेटेर महाधिवेशनमा प्रस्तुत गरिएको हो । यसमा गहन छलफल गरी नेपाली कांग्रेसको विधानलाई समयानुकूल, व्यवस्थित र प्रभावकारी बनाउन सबैको सक्रिय योगदान रहने विश्वास व्यक्त गर्दछु ।’

पार्टीमा युवाहरूको सहभागिता बढाउन ‘काँग्रेस युवा परिषद्’ को अवधारणा पनि अघि सारिएको छ । –न्युज एजेन्सी नेपाल