१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम
अ अ+ अ-

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुनतः दण्डनीय हुने स्पष्ट पार्नुभएको छ ।

सोमवार बसेको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले मेलमिलाप ऐनको दायराभित्र फौजदारी मुद्दा नपर्ने भन्दै यस्तो बताउनुभएको हो ।

बैठकमा बोल्दै मन्त्री गौतमले मेलमिलाप ऐनको मुख्य उद्देश्य वाणिज्य र देवानी प्रकृतिका मुद्दाहरूको निरुपण रहेको बताउनु भयो । मन्त्री गौतमले मेलमिलाप प्रक्रियालाई थप व्यवस्थित र सहजीकरण गर्न नयाँ प्रावधानहरू प्रश्ताव गरिएको जानकारी दिनुभयो ।

नयाँ व्यवस्थाअनुसार पक्षहरूबीच सहमति भएमा एकभन्दा बढी वा सहमति नभएको खण्डमा एकजना मेलमिलापकर्तामार्फत प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

साथै, पाँच वा सोभन्दा बढी न्यायाधीश कार्यरत रहेको जिल्ला अदालतमा प्रधान न्यायाधीशले तोकेको न्यायाधीशले समेत मेलमिलापकर्ताको भुमिका खेल्न सक्ने व्यवस्था प्रश्तावित छ । यद्यपि, मेलमिलापकर्ताको रूपमा संलग्न भएको न्यायाधीशले पछि सोही मुद्दाको सुनुवाइ र फैसला गर्न भने नपाउने कानुनी सुनिश्चितता गरिएको छ ।

उहाँले भन्नुभयो, ‘फौजदारी मुद्दामा मिलापत्र हुन सक्दैन । त्यस्ता मुद्दा मिलापत्र गराउने कार्य कानुनबमोजिम दण्डनीय हुन्छ । मेलमिलाप ऐनले मुख्यतः देवानी तथा वाणिज्य प्रकृतिका, पक्षहरूबीच सहमतिबाट समाधान गर्न सकिने विवादलाई सम्बोधन गर्छ । मेलमिलाप प्रक्रियालाई थप सहज बनाउन आवश्यक व्यवस्था गरिएको छ । पाँच वा सोभन्दा बढी न्यायाधीश कार्यरत जिल्ला अदालतमा प्रधान न्यायाधीशले तोकेको न्यायाधीशले समेत मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न सक्ने व्यवस्था गरिएको छ । तर त्यस्तो न्यायाधीशले मेलमिलाप गराउन नसकेको मुद्दाको पछि सुनुवाई गर्न पाउने छैन । अब अधिवेशन आह्वान भएपछि कानुन समितिबाट महत्वपूर्ण विधेयकहरू छिटो पूर्ण सदनमा लैजान आवश्यक छ । बीचको समयलाई सदुपयोग गर्दै समितिले आवश्यक काम अघि बढाओस् भन्ने मेरो आग्रह छ ।’

मन्त्री गौतमले चाडपर्वको बिदामा समेत कानून निर्माणको प्रक्रियालाई गति दिन सांसदहरूलाई आग्रह गर्नुभयो । उहाँले दशैँ, तिहार र छठपछि लगत्तै संसद अधिवेशन आह्वान हुने सम्भावना रहेकाले समितिअन्तर्गतका उपसमितिहरूले बिदाको समयमा पनि कार्ययोजनाअनुसार काम अघि बढाएमा कानून निर्माणले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल