१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड

मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री

मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री
अ अ+ अ-

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य श्रम गन्तव्यमा समेत फैलिन सक्ने भन्दै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ ।

संघले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले मलेसियामा नेपाली श्रमिक भर्तीका लागि सीमित वैदेशिक रोजगार व्यवसायीलाई मात्र छनोट गरी कामदार पठाउने व्यवस्था स्वीकार्य नहुने बताउनुभयो । उहाँले नेपाल सरकारबाट कानुनी रूपमा इजाजत प्राप्त सबै वैदेशिक रोजगार व्यवसायीलाई समान अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई सीमित संस्थाको नियन्त्रणमा लैजाने प्रयास यसअघि पनि पटक–पटक भएको दाबी गर्दै अध्यक्ष खत्रीले सरकार र संघको सहकार्यमा त्यस्ता प्रयास तीन पटक असफल पारिएको बताउनुभयो । अहिले चौथो पटक सिन्डिकेट लागू गर्न खोजिएको भन्दै उहाँले यसलाई पनि रोक्नुपर्ने बताउनुभयो ।

उहाँले मलेसियाको रोजगारी खुल्ने वा नखुल्ने विषयमा मात्रै सिन्डिकेटको विरोध नभएको स्पष्ट पार्दै यो नेपालको संविधान, कानुन, खुला श्रम बजार, राज्यको नियमनकारी अधिकार र लाखौँ नेपाली श्रमिकको भविष्यसँग जोडिएको विषय भएको बताउनुभयो ।

‘मलेसिया बन्द हुने डर देखाएर सिन्डिकेट स्वीकार गर्न सकिँदैन । मलेसियामा नेपाली श्रमिक यथास्थितिमा जान पाउनुपर्छ र सिन्डिकेट पनि हुनुहुँदैन,’ उहाँले भन्नुभयो ।

अध्यक्ष खत्रीले कुनै बाह्य प्रणालीले नेपालमा कानुनी रूपमा इजाजत प्राप्त करिब १ हजार २०० वैदेशिक रोजगार व्यवसायीमध्ये सीमित संस्थालाई मात्र कामदार पठाउने अधिकार दिने व्यवस्था भए त्यसले नेपालको वैदेशिक रोजगार क्षेत्रमा दीर्घकालीन असर पार्ने बताउनुभयो । मलेसियामा लागू गर्न खोजिएको व्यवस्था अन्य श्रम गन्तव्यमा समेत दोहोरिन सक्ने उहाँको भनाइ थियो ।

मलेसियामा नेपाली श्रमिक भर्तीका लागि प्रस्ताव गरिएको एफडब्ल्यूसिएमएस प्रणालीअन्तर्गत २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायीलाई मुख्य संस्था र २५० वटालाई सहायक संस्थाका रूपमा समावेश गरी तिनैमार्फत श्रमिक पठाउने व्यवस्था गर्न लागिएको संघको दाबी छ । पारदर्शी मापदण्डबिना व्यक्तिगत पहुँच र अनधिकृत चलखेलमार्फत सीमित व्यवसायीलाई मात्रै प्रणालीमा समावेश गर्न खोजिएको भन्दै संघले त्यसको विरोध गर्दै आएको छ ।

संघले एफडब्ल्यूसिएमएस प्रणालीमा सूचीकृत संस्थासहित समग्र प्रणालीको कानुनी आधार, स्वामित्व, आर्थिक कारोबार, शुल्क संरचना र लाभग्राहीबारे पारदर्शी छानबिन गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष खत्रीले मलेसिया नेपाली श्रमिकका लागि महत्वपूर्ण श्रम गन्तव्य भएकाले रोजगारी नरोक्ने गरी कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । सन् २०२३ मा म्याद सकिएको नेपाल–मलेसिया श्रम सम्झौता नवीकरणका लागि समेत सरकारले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ छ ।

संघले नेपाली श्रमिकको लागत घटाउने, भर्ती प्रक्रियामा पारदर्शिता बढाउने तथा सुरक्षित र सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित हुने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै, कुनै निजी कम्पनी वा सीमित संस्थालाई नेपालको वैदेशिक रोजगार बजारमा एकाधिकार दिने व्यवस्था स्वीकार गर्न नसकिने संघले जनाएको छ ।