१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही

बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड

बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड
अ अ+ अ-

काठमाडौं । बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रशासनिक नियन्त्रणभन्दा व्यापार तथा आयातमा रहेका नीतिगत झन्झट हटाएर आपूर्ति बढाउनुपर्नेमा संसदीय समितिले जोड दिएको छ।

सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिका सभापति रहबर अन्सारीले खुला प्रतिस्पर्धा र सहज आपूर्ति व्यवस्थाबाट मात्रै आम उपभोक्ताले सहुलियत दरमा उपभोग्य वस्तु पाउन सक्ने बताउनुभयो।

उहाँले बजार अर्थतन्त्रमा वस्तुको मूल्य माग र आपूर्तिको प्राकृतिक सन्तुलनबाट निर्धारण हुनुपर्ने बताउँदै राज्यले बजारलाई जबर्जस्ती मूल्य नियन्त्रण गर्न खोज्दा आपूर्ति घट्ने र कालोबजारी तथा वस्तु अभाव बढ्न सक्ने धारणा राख्नुभयो।

सभापति अन्सारीले नेपालमा उद्योग व्यवसाय सञ्चालन तथा आयात प्रक्रियामा रहेका कानुनी र प्रशासनिक अवरोध तत्काल हटाउनुपर्ने बताउनुभयो। वर्षौँदेखि नीति निर्माताहरूले सिर्जना गरेका यस्ता अवरोधका कारण व्यवसाय र आयातमा समस्या देखिएको भन्दै उहाँले सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

सीमित व्यवसायी वा उद्योगीको एकाधिकारका कारण दूरदराजका नागरिक महँगो मूल्य तिर्न बाध्य हुनु अन्यायपूर्ण भएको उहाँको भनाइ थियो। उपभोक्तालाई सस्तो र गुणस्तरीय वस्तु उपलब्ध गराउन जहाँबाट सहज र सस्तोमा वस्तु प्राप्त हुन्छ, त्यहीँबाट आयात खुला गर्नुपर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “१० जना उद्योगीको संरक्षणका नाममा हुम्ला र जुम्लाका नागरिकले महँगोमा उपभोग गर्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ। भारत, चीन, थाइल्याण्ड वा ब्राजिल जहाँबाट भए पनि खुला रूपमा आयात गरी बजारमा पर्याप्त आपूर्ति गराउनुपर्छ।”

केही समयअघि दसैँका बेला चिनीको अभाव हुन सक्ने पूर्वआकलन गर्दै समितिले सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेपछि भारतबाट २५ हजार मेट्रिक टन चिनी कर छुटमा आयात गरिएको र त्यसबाट सम्भावित मूल्यवृद्धि नियन्त्रण गर्न सहयोग पुगेको उहाँले बताउनुभयो।

समितिले आगामी दिनमा उद्योग तथा वाणिज्यसम्बन्धी नीतिगत बहसलाई काठमाडौंका सीमित सम्भ्रान्त वर्गमा मात्र केन्द्रित नगरी संघीयताको मर्मअनुसार विकेन्द्रित र सर्वसाधारणमुखी बनाउने प्रतिबद्धता पनि जनाएको छ।