१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही

झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान

झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा परित्याग गर्दै नयाँ राजनीतिक अभियानका रूपमा ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले अभियान घोषणा गरेका हुन्। अभियानको पहिलो भेलाले विभिन्न १५ वटा प्रस्ताव पारित गरेको जानकारी पनि उनले दिए। ती प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीतिको पुनरवलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक तथा राजनीतिक पुनर्गठनसम्मका विषय समेटिएका छन्।

खनालको नेतृत्वमा शनिबार भएको भेलाले पारित गरेका प्रस्ताव सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। खनालले विद्यमान कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक र राजनीतिक आधारमा पुनर्गठन गर्न अभियान अघि बढाइएको बताए।

अभियानले सबै कम्युनिस्ट समूहलाई क्रान्तिकारी कार्यदिशाका आधारमा एकताबद्ध हुन आह्वान गरेको छ। पारित प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र पुनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार तयार गर्न सबै कम्युनिस्ट समूहसँग आग्रह गरिएको छ।

खनालले अन्ततः एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्य अभियानले लिएको बताए। त्यसका लागि विगतको कम्युनिस्ट आन्दोलनका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीको गम्भीर समीक्षा गर्दै नयाँ वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा संगठन पुनर्गठन र एकीकरणको प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ।

अभियानले कम्युनिस्ट आन्दोलनमा रहेका क्रान्तिकारी शक्तिहरूबीच एकता कायम गरी एकीकृत नेकपा निर्माणको दिशामा योगदान गर्न सबै कम्युनिस्ट क्रान्तिकारीलाई आह्वानसमेत गरेको छ।