१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप

औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह

औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मुलुकमा औद्योगिक वातावरण निर्माणका लागि विद्यमान कानुनी तथा प्रशासनिक अड्चन तत्काल सम्बोधन गर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयको कार्यदिशा प्रस्तुत गर्दै मन्त्री साहले नीतिगत सुधार, प्रक्रियागत सरलीकरण र सुशासनमार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले कानुन बाधक देखिएको क्षेत्रमा कानुन सुधार गर्ने, प्रशासनिक प्रक्रिया जटिल भए त्यसलाई सरल बनाउने र अन्तरनिकाय समन्वयको अभाव हटाउने बताउनुभयो । प्रशासनिक क्षेत्रमा हुने अनावश्यक हस्तक्षेप तथा भ्रष्टाचारप्रति सरकार शून्य सहनशीलताको नीतिमा दृढ रहेको उहाँको भनाइ थियो ।

मन्त्री साहले नीति तथा निर्णय हुने तर त्यसको प्रभावकारी कार्यान्वयन नहुने परम्परागत प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । नीति, निर्णय र नतिजामुखी कार्यान्वयनबीचको दूरी घटाउन स्पष्ट समयसीमा, जिम्मेवार निकाय र कार्यान्वयनको ढाँचासहितको एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

नेपालमा औद्योगिक विकासको पर्याप्त सम्भावना भए पनि त्यसलाई ठोस परिणाममा बदल्न नसकिएको स्वीकार गर्दै मन्त्री साहले अब राज्यको ध्यान उद्योगमैत्री वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले ऊर्जावान युवा जनशक्ति, प्राकृतिक स्रोत, जलविद्युत्, कृषि तथा भारत र चीनजस्ता दुई ठूला बजारबीच नेपालको रणनीतिक अवस्थिति औद्योगिक विकासका महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो ।

‘जहाँ कानुन बाधक छ, त्यहाँ कानुन सुधार गर्छौं, प्रक्रिया बाधक छ भने सरल बनाउँछौँ, समन्वयको कमी छ भने समन्वय गर्छौं र भ्रष्टाचार वा अनावश्यक हस्तक्षेपमा शून्य सहनशीलता अपनाउँछौँ,’ मन्त्री साहले भन्नुभयो ।

उहाँले सरकारको लक्ष्य केवल उद्योग खोल्ने वातावरण बनाउनु मात्र नभई नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु रहेको स्पष्ट पार्नुभयो । व्यापार घाटा घटाउन व्यापार विस्तारसँगै आन्तरिक उत्पादन र निर्यातको हिस्सा बढाउनुपर्ने तथा स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘हाम्रो लक्ष्य केवल उद्योग खोल्नु होइन, प्रतिस्पर्धी उद्योग निर्माण गर्नु, केवल व्यापार बढाउनु होइन, उत्पादन र निर्यात बढाउनु तथा केवल रोजगारी खोज्नु होइन, रोजगारी सिर्जना गर्नु हो,’ उहाँले भन्नुभयो ।

समिति बैठकमा सांसद तथा विज्ञबाट प्राप्त सुझावलाई मन्त्रालयले नीति निर्माणमा गम्भीरतापूर्वक समेट्ने प्रतिबद्धता पनि मन्त्री साहले व्यक्त गर्नुभयो । औद्योगिक विकासका लागि सरकार, संसद्, निजी क्षेत्र, श्रमिक तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।