१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही

उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड

उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले औद्योगिक क्षेत्रका नीतिगत जटिलता तथा व्यावहारिक समस्या समाधानका लागि राज्यले तत्काल पहलकदमी लिनुपर्नेमा जोड दिएका छन्।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उद्योगी–व्यवसायीका समस्या सम्बोधनमा हुने ढिलाइ तथा सरकारी बिदाको अधिकताले अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका हुन्।

बैठकमा सांसद सिर्जना श्रेष्ठले निकासी पैठारी ऐन तथा ऋण असुलीसम्बन्धी विद्यमान कानुनी व्यवस्थाले उद्योगी–व्यवसायीलाई समस्या परेको बताइन्। ती कानुन संशोधनका लागि समितिले दृढतापूर्वक काम गरिरहेको उनको भनाइ थियो।

व्यवसायी बलियो भए मात्र श्रमिकको चुलो बल्ने भन्दै श्रेष्ठले उद्योगी–व्यवसायी र राज्यबीच सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिइन्। व्यवसाय सञ्चालन गर्दा निरन्तर घाटा हुने र बन्द गर्दा पनि कर दायित्व थपिने अवस्थाले व्यवसायीलाई समस्यामा पारेको भन्दै उनले कानुनी रूपमै त्यसको समाधान खोज्नुपर्ने बताइन्।

कानुन निर्माणलाई प्रभावकारी बनाउन सांसदहरूको प्रयास मात्र पर्याप्त नहुने भन्दै श्रेष्ठले निजी क्षेत्र र अन्य सरोकारवालाले पनि नीति निर्माणमा स्वामित्व लिनुपर्ने बताइन्।

सांसद प्रभा कार्कीले करिब ३० वर्षपछि पहिलोपटक उद्योगी–व्यवसायीसँग भएको छलफललाई सकारात्मक सुरुवातका रूपमा लिइन्। तत्काल सबै समस्या समाधान गर्न नसकिए पनि नीतिगत सुधारमार्फत न्यायपूर्ण वातावरण निर्माण गर्न समिति प्रतिबद्ध रहेको उनले बताइन्।

उनले उद्योगी–व्यवसायीका समस्या समाधानसँगै श्रमिकको अधिकार र न्यूनतम पारिश्रमिकको विषयलाई पनि सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। विगतका कमीकमजोरी कोट्याउनुभन्दा समस्याको दीर्घकालीन समाधानतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, सांसद प्रकाश पाठकले विद्युत् निर्यातमा मात्र जोड दिनुभन्दा स्वदेशी उद्योगमा विद्युत् खपत बढाएर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताए। नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर बन्दै गएको अवस्थामा स्वदेशी उद्योग तथा उत्पादनमा विद्युत्को उपयोग बढाउनुपर्ने उनले बताए।

पाठकले वर्षमा १६१ दिन बिदा र २०४ दिन मात्र कार्यदिन हुने अवस्थाले मुलुक निर्माणको गति प्रभावित भएको भन्दै बिदाको पुनरावलोकन गर्न सरकारलाई सुझाव दिए।

औद्योगिक क्षेत्र र पूर्वाधार निर्माणमा तीन सिफ्टमार्फत २४ घण्टा काम गर्ने अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले उद्योगीहरूले भोग्दै आएको ऊर्जा संकट समाधानका लागि राज्यले प्राथमिकताका साथ नीतिगत सहजीकरण गर्नुपर्ने बताए।

सरकारले हालै स्थापना गरेको नवप्रवर्तन मन्त्रालयले युवाको सोच, सीप र लगानीलाई जोड्ने काममा भूमिका खेल्ने विश्वाससमेत पाठकले व्यक्त गरे।