१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह

हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित

हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित
अ अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका कीर्तिमानी धावक हरिबहादुर रोकायालाई ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’का रूपमा सम्मान गरिएको छ ।

कर्णाली याक्स स्पोर्ट्स प्रालिले आयोजना गरेको विशेष समारोहमा रोकायालाई २ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र कर्णाली याक्सका अध्यक्ष गिहेन्द्र घिमिरेले संयुक्त रूपमा रोकायालाई सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मानसँगै रोकाया कर्णाली याक्स टोलीको ब्रान्ड एम्बेसडरका रूपमा समेत जोडिनुभएको छ ।

सियोल र बार्सिलोना ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिसक्नुभएका रोकायाले ११ वटा राष्ट्रिय स्वर्ण पदक जित्नुभएको छ । एभरेस्ट म्याराथनमा विश्व कीर्तिमान कायम गर्नुभएका रोकाया पछिल्लो समय जुम्लामा रहेर नयाँ खेलाडी उत्पादनमा सक्रिय हुनुहुन्छ । ‘हरि गुरु’का नामले परिचित रोकायाले आफ्नै निजी जग्गा र मिलबाट हुने आम्दानीसमेत खेलाडीको प्रशिक्षणमा खर्च गर्दै आउनुभएको छ ।

सम्मानस्वरूप प्राप्त २ लाख ५० हजार रुपैयाँ पनि जुम्लाका खेलाडीको प्रशिक्षणमै खर्च गर्ने रोकायाले बताउनुभयो ।

कार्यक्रममा रोकायाले जुम्लामा ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माणको आवश्यकता औँल्याउनुभयो । लामो समयदेखि पहल हुँदै आए पनि केन्द्र निर्माणले मूर्त रूप लिन नसकेको भन्दै उहाँले नेपाली धावकको क्षमता विकासका लागि यस्तो प्रशिक्षण केन्द्र आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले रोकायाको खेलप्रतिको समर्पण प्रशंसनीय रहेको बताउँदै उहाँले आफ्नै प्रयासमा सञ्चालन गर्दै आएको प्रशिक्षण केन्द्रलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कर्णाली याक्सका अध्यक्ष घिमिरेले टोली क्रिकेटमा मात्र सीमित नरही कर्णालीको खेलकुद, खेल प्रतिभा र समुदायको विकासमा समेत सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारीहरूको उपस्थिति थियो ।