काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहक जिम्मेवारी पाउनुभएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोक्नुभएको हो ।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा हुनुहुन्छ । उहाँ विश्व बैंकसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन अमेरिका जानुभएको हो ।
त्यसैगरी परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी भ्रमणमा हुनुहुन्छ । दुवै मन्त्री विदेश भ्रमणमा रहेका कारण उनीहरू स्वदेश नफर्किएसम्म श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै अर्थ र परराष्ट्र मन्त्रालयको कार्यसमेत सम्हाल्नुहुनेछ।