रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ खुर्रे खोला नजिक रहेको ओडारबाट प्रहरीले लुकाइछिपाई राखिएका ६ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीका अनुसार २०८३ असोज १९ गते बिहान करिब १० बजे ओडारभित्र लुकाइराखिएको अवस्थामा ६ नाल साबुत भरुवा बन्दुक फेला परेको थियो । फेला परेका सबै बन्दुक बरामद गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
बन्दुक कसले र के प्रयोजनका लागि ओडारमा लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








