१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर

चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर
अ अ+ अ-
काठमाडौं । दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै भाटभटेनी सुपरमार्केटले ग्राहकका लागि टाटा पन्च ईभी जित्न सकिने विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

भाटभटेनी सुपरमार्केट र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको सहकार्यमा ल्याइएको योजनाअन्तर्गत ग्राहकले दुई वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्।

योजनाअनुसार भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी प्रदान गरिनेछ।

त्यसैगरी, भाटभटेनीमा सामान खरिद गरी नेपालपे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले पनि अर्को नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्। यसरी चाडपर्वको अवधिमा भाटभटेनीबाट किनमेल गर्ने दुई जना भाग्यशाली ग्राहकले टाटा पन्च ईभी जित्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ टाटा पन्च ईभी आधुनिक इलेक्ट्रिक एसयूभीका रूपमा नेपाली बजारमा उपलब्ध छ। यो एक्टिभी प्लेटफर्ममा आधारित रहेको छ भने ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

पन्च ईभीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, आवाजबाट सञ्चालन गर्न सकिने सनरुफ, २६.०३ सेन्टिमिटरको हरमन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा रहेको जनाइएको छ।

सिप्रदीका अनुसार टाटा मोटर्सका देशभरका २० वटा शोरुमसँगै अब भाटभटेनीका २८ वटा स्टोरबाट पनि टाटा गाडीबारे जानकारी लिन सकिनेछ। चाडपर्वको अवधिमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकलाई थप विशेष अफर तथा सरप्राइजसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।