२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

गुल्जार हुने कागबेनीधाम गुमनाम

गुल्जार हुने कागबेनीधाम गुमनाम
अ अ+ अ-
 काठमाडाैँ । चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम गुमनाम बनेको हो ।
चैते दसँै र बडा दसँैअघिको सोह्र श्राद्ध तिथिमा दिनहु सयौँ धार्मिक तीर्थालुको घुइँचो लाग्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीधाम  असोज ८ गतेदेखि यताबाट पूर्ण सुनसान छ । दिवङ्गत पितृको सम्झनामा कागबेनीधामको कालीगण्डकी नदीको तटमा पिण्डदान, तपर्ण र श्राद्ध गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास छ । तेत्तिस कोटी देवताले बाँस गरेको धार्मिक तपोभूमि मुस्ताङको कागबेनीमा  पुजापाठ गरी श्राद्ध गर्नाले दिवङ्गत पितृको उद्धार हुने हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।
मुस्ताङको कागबेनीधाममा बर्सेनि हजारौँ धार्मिक तीर्थालु पितृको नाममा श्राद्ध गर्न यहाँ आइपुग्ने गर्छन् । यसरी आएका धार्मिक तीर्थालु कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरी फर्किने गर्छन् ।
  अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रप्सद्वारा सञ्चालित पितृतीर्थ स्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाले भदौ १० गतेको रसुवाको बाढी र असोज ८ गतेदेखिको भारी वर्षाका कारण आएको बाढी पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको सङ्ख्या शून्य अवस्थामा रहेको जानकारी दिनुभयो ।
यस वर्षको सोह्रश्राद्धको आठौँ दिन बितिसक्दा एक प्रतिशत पनि धार्मिक तीर्थालु कागबेनीमा आउन नसकेको पुजारी कोइरालाले बताउनुभयो ।
विगतकामा दैनिक ५००  धार्मिक तीर्थालु दिवङ्गत पितृको नाममा श्राद्ध गर्न मुस्ताङको कागबेनी धाममा आइरिन्थे । अझै दसँैको सोह्र श्राद्धको अन्तिम दिन औँसी तिथिमा झनै धार्मिक तीर्थालुको भीडले कागबेनीधाम थेगिनसक्नु हुन्थ्यो ।
आँैसीको अघिल्लो दिन र पछिल्लो दिनमा कागबेनीधाममा श्राद्ध गर्न आएका तीर्थालुहरुको उपस्थितिले मुस्ताङको घाँसादेखि माथि मुक्तिनाथसम्मका होटलहरु तीर्थालुहरुले भरिभराउ हुन्थ्यो ।
यसपटक भारी वर्षासँगै बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा भक्तजन तीर्थालुहरुको उपस्थितिमा पूर्णविराम लागेको छ ।
मुस्ताङको कागबेनीधाममा सडक अवरुद्धका कारण जिल्ला बाहिरबाट आएका एक दर्जन बढी  श्राद्ध गर्ने पुजारीहरु पनि श्राद्ध गर्न नपाई आफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् भने कागबेनी धर्मशालामा कार्यरत रहेको आठ जना पुजारीमध्ये तीन जना पुजारी घर फर्किएको पुजारी गौतम कोइरालाको भनाइ छ । यसपालिको सोह्र श्राद्धको आठौ दिनसम्म आईपुग्दा दैनिक २÷३ जनाले मात्रै पितृको नाममा श्राद्ध गर्ने गरेको उहाँको भनाई छ ।
यसपालिका सडक अवरुद्ध भएकाले आठाँै दिनसम्ममा जम्मा डेढ दर्जन जतिले मात्रै कागबेनीमा श्राद्ध गरेको र त्यसमध्ये पनि कतिपय जिल्लाभित्र रहेका निजामति कर्मचारी रहेको पुजारी कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विगतका वर्षहरुमा कागबेनीधाममा श्राद्ध गराउन सयभन्दा बढी पुजारी आइरिने गरेकामा यस वर्ष रसुवाको बाढी घटना र भारी वर्षाले सडक अवरुद्ध हुँदा त्यस्तो पुजारी पण्डितहरुको उपस्थिती नभएको उहाँको भनाइ छ ।
धार्मिक आस्थाको केन्द्र मुस्ताङको कागबेनीधाम र मुक्तिनाथ मन्दिरमा सडक अवरुद्ध हुँदा पर्यटकविहीन सुनसान अवस्थामा छ । गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मेरुदण्ड रहेको कागबेनीधाम र मुक्तिनाथ मन्दिरमा आउने सडक अवरुद्ध हुँदा मुस्ताङसहित गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो असर पु¥याएको विद्यमान अवस्था छ ।
सोह्र श्राद्ध सुरु भएदेखि दसँैको नवरात्रसम्म उल्लेख धार्मिक तीर्थालुहरु मुस्ताङ आउने गरेकामा सडक अवरुद्धले गर्दा यसक्षेत्रको पर्यटन व्यवसाय प्रतिकूल बनेको छ । बेनी—जोमसोम सडकमार्ग एक साता बढी अवरुद्ध भइरहँदा कागबेनीधाममा बसेका पुजारी पण्डितहरु पनि कामविहीन फुर्सदिला र बेरोजगार बनेको पाइएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित होटल याक डोनाल्सकी सञ्चालिका एवं पर्यटन व्यवसायी लक्ष्मी गुरुङले रसुवाको भोटेकोशी बाढी विपद् र भारी वर्षाले बेनी—जोमसोम सडकमा पु¥याएको क्षतिका कारण मुस्ताङको पर्यटन क्षेत्रले ठुलो नोक्सानी व्यवहोर्नु परेको बताउनुभयो ।
“यो समय पर्यटकीय अनुकूल याम हो, यही बेला बेनी—जोमसोम सडक अवरुद्ध हुनु हामीहरुका लागि दुर्भाग्य हो,” पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “मुस्ताङको सिजेनबल व्यापारले बाह्रै महिना धान्नुपर्ने बाध्यता छ, मुस्ताङ आउने योजना बनाएका पर्यटकहरुले समेत धमाधम होटल बुङ्किङ रद्द गरिहेका छन् ।”
पर्यटन व्यवसाय गुरुङले असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले मुस्ताङमा पर्यटन व्यवसायसहित कृषक, यातायात व्यवसायी, उद्योगी, व्यवसायीलगायत मुस्ताङमा अलपत्र परेका पर्यटकहरुलाई पनि विद्युत्, इन्टरनेट र सडक अवरुद्धले असर पु¥याएको उल्लेख गर्नुभयो । “स्याउ किसान स्याउ बिक्री गर्न नपाएर रोइरहेका छन्, अलपत्र परेका पर्यटकहरु बैङ्किङ सेवा बन्द भएर होटलमा बसेको र खाएर पैसा तिर्न नसकेर समस्यामा परेका छन्,” उहाँले भन्नुभयो, “इन्धनको समस्या परिरहेको छ, विकास निर्माणका काम सबै ठप्पै भएको छ ।”
पर्यटन व्यवसायी गुरुङले सोह्र श्राद्ध तिथिमा झन्डै ५० हजार बढी पर्यटक कागबेनीमा आउने गरेकामा अहिले त्यो अवस्था नरहेको बताउनुभयो । बेनी—जोमसोम सडक अवरुद्धले सबै क्षेत्रमा उत्तिकै असर परेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ ।
मुस्ताङको कागबेनीस्थित कालीगण्डकी नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थलमा दिवङ्गत पितृहरुको सम्झनामा धार्मिक अनुष्ठानसहित श्राद्ध गर्नाले पिृत खुसी भई पुण्य प्राप्ति हुने भनाइ छ ।
काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागबेनीमा स्नान गरेकाले कागबेनीधामको कालीगण्डकी नदीको तटलाई धार्मिक पुण्यस्थलका रुपमा लिने गरिन्छ । बर्सेनि सोह्र श्राद्ध तिथिमा कागबेनीधामको कालीगण्डकी नदी तटमा हजारौ तीर्थालुहरुले दिवङ्गत पितृहरुको नाममा श्राद्ध गर्ने गर्छन् ।