काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता जीवन परियारले समावेशी उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।
परियारले मंगलबार पार्टीको १५औँ महाधिवेशनअन्तर्गत समावेशी उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसको नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्ता प्रक्रियामा परियारले पनि उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । निर्वाचन समितिका अनुसार निर्धारित समयभित्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन्।