२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता

पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा

पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा
अ अ+ अ-

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिलाई थप विकास गर्न ‘महानगर पुस्तकालय’ सञ्चालन गर्न लागेको छ ।

महानगरले धर्मपथमा रहेको येँ दे सांस्कृतिक छेँमा पुस्तकालय सञ्चालन गर्न लागेको हो ।
महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘पठन संस्कार’ बढाउन सुविधासम्पन्न पुस्तकालय बनाउने योजना निकट भविष्यमै अघि बढाउन लागेको जानकारी दिनुभयो ।
“नगरको आफ्नै सङ्ग्रहालय र पुस्तकालय हुनुपर्छ । यसले नगरको छवि उच्च बनाउँछ”, कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भन्नुभयो, “हामीले अत्याधुनिक, सुविधासम्पन्न र पहुँचयुक्त पुस्तकालय सञ्चालन गर्न चाहेका छौँ ।”
पठन संस्कृतिलाई सहरी जीवनशैलीको अभिन्न अङ्ग बनाउन केन्द्रीय पुस्तकालय, वडा र समुदायस्तरका पुस्तकालय निर्माण तथा सञ्चालन गर्न लागेको जनाउँदै उहाँले महानगरले बुक एटीएमसम्मको योजनामा अघि बढाउने बताउनुभयो ।
महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले पुस्तकालय सञ्चालन गर्न हाल पूर्वाधार र व्यवस्थापकीय काम गरिरहेको जानकारी दिनुभयो ।
प्रमुख ढकालले भन्नुभयो, “पुस्तकालयलाई पुस्तक राख्ने र पढ्ने स्थानमा मात्र सीमित नराखी ज्ञान, नवप्रवर्तन, सामुदायिक सिकाइस्थल, सांस्कृतिक सम्पदा अभिलेखालय, डिजिटल सिकाइ, अनुसन्धान र सूचना केन्द्रका रूपमा विकास गर्ने अवधारणा कार्यान्वयन गर्न लागिएको हो ।”
महानगरपालिकाले विद्यालयमा आधारित सामुदायिक पुस्तकालयलाई संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने योजना समेत अघि सारेको छ ।
नागरिकले एउटै महानगरीय पुस्तकालय कार्डमार्फत पुस्तक लिन सक्ने, अध्ययन कक्ष, इन्टरनेट तथा विभिन्न सामुदायिक कार्यक्रमको सुविधा लिन सक्ने अवधारणा अघि सारिएको छ ।
पुस्तकालयमा बालबालिका, विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिकलगायत विभिन्न समूहलाई लक्षित सदस्यता प्रदान गरिनेछ ।
पुस्तकालयमा जर्नल, पत्रपत्रिका, अडियो बुक र भिडियोसहितको डिजिटल सुविधा उपलब्ध गराइनेछ । भौतिक रूपमा पढ्न आउनेलाई नेवारी फल्चा शैलीको बस्ने ठाउँमा पलेटी कसेर पढ्ने वातावरण मिलाइनेछ । डिजिटल पुस्तकालयमा चौबीसै घण्टा पहुँचको व्यवस्था गर्ने अवधारणा छ ।
पुस्तकालयलाई समुदायसँग जोड्न मासिक पुस्तक संवाद तथा लेखकसँग भेटघाट, त्रैमासिक पठन महोत्सव र अनुसन्धानसम्बन्धी कार्यक्रम तथा वार्षिक रूपमा ‘काठमाडौँ बुक वीक’, पठन म्याराथन र पुरस्कारलगायतका कार्यक्रम सञ्चालनको योजना छ । बालबालिका, युवा र ज्येष्ठ नागरिकलाई लक्षित छुट्टाछुट्टै पठन तथा ज्ञानमूलक कार्यक्रम सञ्चालन हुनेछन् ।
त्यस्तै, पुस्तकालयलाई काठमाडौँको इतिहास, संस्कृति र सामुदायिक स्मृतिको संरक्षण गर्ने केन्द्रका रूपमा विकास गरिने महानगरपालिकाले जनाएको छ ।