काठमाडौं । बिनोद चौधरीले उपसभापति (समावेशी) पदका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
उहाँले आज सम्बन्धित निर्वाचन समितिसमक्ष उपसभापति (समावेशी) पदका लागि आफ्नो मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्ताका क्रममा चौधरीले पार्टीलाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
उहाँको मनोनयनसँगै उपसभापति (समावेशी) पदमा प्रतिस्पर्धा थप रोचक बनेको छ । निर्वाचन कार्यतालिकाअनुसार अब मनोनयनमाथि दाबी–विरोध तथा उम्मेदवारी फिर्तालगायतका प्रक्रिया अघि बढ्नेछन् ।








