२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना
अ अ+ अ-

काठमाडाैँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ वटा सर्पदंशका घटना भएका छन् ।

गत साउन र भदौमा भएका घटनामध्ये विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदिकाली गाउँपालिकामा ८ तथा बुलिङटार गाउँपालिकामा दुई जना सर्पले डसेर बिरामी भएका प्रमुख चापागाईंले बताउनुभयो । अत्याधिक गर्मी र बर्खायाम साउन र भदौमा तुलनात्मक सर्पदंशका घटना बढी हुने गरेको छ ।

जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ । सर्पदंशका बिरामीमध्ये आइसियु (सघन उपचार कक्ष) आवश्यक पर्ने बिरामीलाई चितवन पठाइने गरेको छ । अन्य बिरामीको उपचार भने जिल्लाका स्वास्थ्य संस्थाहरुमा हुने गरेको छ ।

उहाँले भन्नुभयो, “जिल्लामा गोमन, करेत, भाइपर, राजगोमन प्रजातिका विषालु सर्प पाइन्छ ।” त्यस्तै साउन र भदौमा जनावरको टोकाइबाट दुई हजार ७७ जना मानिस घाइते भएका छन् । प्रमुख चापागाईंका अनुसार जिल्लामा कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर मानिस घाइते भएका हुन् । त्यसमध्ये कावासोती नगरपालिकामा मात्रै एक हजार ५५१ जनालाई जनावरले टोकेको चापागाईंले जानकारी दिनुभयो ।

त्यस्तै, देवचुली नगरपालिकामा ३१२, विनयी त्रिवेणी गाउँपालिकामा १६४, गैँडाकोट नगरपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२, बौदिकाली गाउँपालिकामा पाँच तथा मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा दुई÷दुई जनालाई जनावरले टोकेको प्रदेश जनस्वास्थ्य कार्यालयबाट थाहा भएको छ ।

जिल्लामा बर्सेनि १० हजार बढी सर्वसाधारण जनावरको टोकाइबाट घाइते हुने गरेका चापागाईंले बताउनुभयो । रेबिजविरुद्धको सुई जिल्लामा पर्याप्त रहेकाले जनावरको टोकाइबाट घाइते बिरामीलाई उपचारमा सहज भएको अस्पतालको भनाइ छ ।