२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड
अ अ+ अ-

काठमाडाैँ ।  प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल–चीनबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास, जलवायु परिवर्तन, विपद् उत्थानशीलता तथा प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा तान्जानियाको अरूसामा सभामुख अर्यालले चिनियाँ प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्ध निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित रहेको बताउनुभएको हो।

भेटमा सभामुख अर्यालले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमि चीनविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाललाई भू–परिवेष्टित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्न चीनले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उहाँले दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

सभामुख अर्यालले हालै रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा बेपत्ता चिनियाँ नागरिकका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो। विपद्का समयमा चीन सरकारबाट प्राप्त आपत्कालीन आर्थिक सहयोग, मानवीय सहायता तथा खोज तथा उद्धारका लागि परिचालित सुरुङ उद्धार, फरेन्सिक तथा डीएनए विशेषज्ञ टोली, ड्रोनलगायतका सहयोगका लागि उहाँले धन्यवाद व्यक्त गर्नुभयो।

भेटका क्रममा नेपाल–चीन संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले दुई देशबीच स्थापित संसदीय मैत्री समूह तथा प्रतिनिधि सभा र चीनको राष्ट्रिय जनकांग्रेसबीच भएको अन्तर–संसदीय सहकार्यसम्बन्धी समझदारीले संसदीय आदानप्रदान र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले आईपीयूको एसिया–प्रशान्त समूहमा नेपाल र चीनका संसद्बीच सहकार्य गर्दै दिगो विकास, जलवायु परिवर्तन, विपद् उत्थानशीलता तथा संसदीय कार्यमा प्रविधिको प्रयोगका क्षेत्रमा अनुभव आदानप्रदान गर्नुपर्ने बताउनुभयो।

नेपालले चीनसँग संसदीय क्षमता अभिवृद्धि तथा दिगो विकासका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्न चाहेको उल्लेख गर्दै सभामुख अर्यालले नेपालमा चीन सरकारको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजना तथा चिनियाँ लगानीप्रति समेत धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा नेपाल र चीनबीच व्यापार, लगानी, विकास तथा जनस्तरीय र सांस्कृतिक सम्बन्धका क्षेत्रमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।