२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे

पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे
अ अ+ अ-

ललितपुर । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पटकपटक राजनीतिक परिवर्तन भए पनि अपेक्षित आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेको बताउनुभएको छ ।

ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै पाण्डेले २००७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनले मुलुकको आर्थिक रूपान्तरणको अपेक्षा पूरा गर्न नसकेको बताउनुभयो ।

उहाँले जेन–जी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि समाजमा अपेक्षित आशा जाग्न नसकेको उल्लेख गर्दै भ्रष्टाचार अन्त्य र स्वदेशमै रोजगारीको मागसहित भएको आन्दोलनको उद्देश्यअनुसार सुधार हुन नसकेको बताउनुभयो ।

पाण्डेले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नुको साटो बढिरहेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार गत वर्षको साउनमा ६८ हजार जनाले वैदेशिक रोजगारीमा जान अनुमति लिएकोमा यस वर्षको सोही अवधिमा ७० हजार जनाले अनुमति लिएका छन् ।

उहाँले नागरिकका मुद्दालाई प्राथमिकतामा राख्दै मूलधारमा पुर्‍याउन ‘नागरिक आवाज अभियान’लाई साझा मञ्चका रूपमा अघि बढाइने बताउनुभयो । अभियानलाई राजनीतिक विकल्पका रूपमा अघि नबढाइएको स्पष्ट पार्दै उहाँले सरकारका कामकारबाहीको निरन्तर निगरानी गर्ने बताउनुभयो ।

“२००७ सालदेखि आजसम्म ७६ वर्षको अन्तरालमा अनेक पटक राजनीतिक परिवर्तन भए तर हाम्रो मुलुकले खोजेको राजनीतिकसँगसँगै आर्थिक रूपान्तरण भएन,” पाण्डेले भन्नुभयो, “सरकार जिम्मेवार, जवाफदेही बन्यो र सही काम गर्‍यो भने हामी समर्थन पनि गर्छौँ । त्यो नगर्दाखेरी हामी खबरदारी पनि गर्छौँ ।”

पाण्डेले समयक्रमसँगै अभियानलाई थप सुधार गर्दै नागरिकका सुझावका आधारमा अघि बढाइने बताउनुभयो ।