२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल

आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल
अ अ+ अ-

काठमाडाैँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसा पुगेको नेपाली संसदीय प्रतिनिधिमण्डलले जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन एजेन्डाका विषयमा आईपीयू सचिवालयसँग छलफल गरेको छ।

भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को अवस्थालाई दृष्टिगत गर्दै नेपाली प्रतिनिधिमण्डलले ‘Urgent Parliamentary Action to Address Climate-Related Disasters and Strengthen Resilience in the Himalayan Region and Other Vulnerable Regions’ शीर्षकको आपत्कालीन एजेन्डाका विषयमा सचिवालयसँग छलफल गरेको हो।

छलफलमा जलवायुजन्य विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रमा जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, उत्थानशीलता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

नेपालले उक्त आपत्कालीन एजेन्डालाई आईपीयू महासभाबाट पारित गराउन आगामी दिनमा विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिमण्डलसँग छलफल गरी समर्थनका लागि पहल गर्ने कार्यक्रम तय गरेको छ।

यसैबीच, सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको नेपाली संसदीय प्रतिनिधिमण्डल र अष्ट्रेलियाका सभामुख मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–अष्ट्रेलिया संसदीय सम्बन्ध, दुवै देशका संसद्बीच अनुभव आदानप्रदान तथा आगामी दिनमा संसदीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।