२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग

पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग
अ अ+ अ-

काठमाडौं । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ ।

पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै तत्काल पुनःस्थापना तथा पुनर्निर्माणका लागि करिब ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने जानकारी दिनुभयो ।

सचिव मैनालीका अनुसार विपद्बाट आवास, सडक, मोटरेबल तथा झोलुङ्गे पुल र खानेपानी तथा सरसफाइका क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक मूल्याङ्कनअनुसार निजी तथा सार्वजनिक भवनमा सबैभन्दा बढी क्षति भएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ५७० निजी र ४८ सार्वजनिक भवनमा गरी १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, सडक सञ्जालमा २० अर्ब रुपैयाँ, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुङ्गे पुलमा २ अर्ब ६५ करोड तथा खानेपानी तथा सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

सचिव मैनालीले कुल क्षति करिब १.४८ बिलियन अमेरिकी डलर बराबर रहेको उल्लेख गर्दै क्षतिको यकिन विवरण विस्तृत मूल्याङ्कनपछि आउने बताउनुभयो । उहाँले जलवायुजन्य विपद्बाट भएको क्षतिको यो ठूलो आकारले जलवायु न्यायका नाममा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता तथा सहयोगका विषयमा समेत गम्भीर प्रश्न उठाएको बताउनुभयो ।

उहाँका अनुसार विपद्पछि अवरुद्ध भएको कनेक्टिभिटी पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम भइरहेको छ । क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये १२ वटा मर्मत भइसकेका छन् । बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माण भइरहेको तथा धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापित गर्ने काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, विस्थापित तथा प्रभावित परिवारका लागि तत्काल करिब ३०० वटा ट्रान्जिसनल सेल्टर (अस्थायी आवास) निर्माण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सेल्टर निर्माणका लागि आवश्यक जग्गा पहिचान भइसकेको र डिजाइन तथा निर्माणसम्बन्धी काम अघि बढाइएको सचिव मैनालीले बताउनुभयो ।

त्रिशूली करिडोरमा अवरुद्ध सडक तथा बेलिब्रिज निर्माणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले कनेक्टिभिटी सुधारका लागि मन्त्रालयले तीव्र गतिमा काम गरिरहेको दाबी गर्नुभयो ।

सरकारले विपद् प्रतिकार्य तथा पुनःस्थापनाको प्रारम्भिक चरणका लागि ६३ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने भन्दै सोहीअनुसार स्रोत व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ । सचिव मैनालीले राहत र पुनर्निर्माणलाई तत्कालीन आवश्यकतासँगै दीर्घकालीन योजनासहित अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।