२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य

वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य
अ अ+ अ-

हेटौंडा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि वागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गर्नुभएको छ ।

मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुरा गर्दै वागमतीमा सरकार गठनका लागि आधार तयार भइसकेको बताउनुभयो । उहाँले वागमती प्रदेशबाट सुरु गर्दै संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दाबी गर्नुभयो ।

अध्यक्ष घिसिङले उज्यालो नेपालको उद्देश्य केवल सत्ता प्राप्ति नभई देशको आर्थिक रूपान्तरण, सुशासन र विभेदको अन्त्य रहेको बताउनुभयो । उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पार्दै उहाँले आफू तामाङ समुदायमा जन्मिए पनि आफ्नो राजनीतिक दृष्टिकोण जातीय आधारमा नभई समग्र देशको विकास र आर्थिक रूपान्तरणमा केन्द्रित रहेको बताउनुभयो ।

आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै घिसिङले उज्यालो नेपाल मध्यमार्गी राजनीतिक बाटोबाट अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उज्यालो नेपाल कुनै जाति वा वर्ग विशेषको पार्टी होइन । यो विभेदको अन्त्य, सुशासन र समग्र देशको विकासका लागि स्थापित राजनीतिक शक्ति हो । हामी कुनै वाद–प्रतिवादमा अल्झिनेभन्दा मध्यमार्गी बाटोबाट अघि बढ्दै आर्थिक रूपान्तरणलाई प्राथमिकता दिन्छौँ । हाम्रो आर्थिक रूपान्तरणको मुख्य आधार हरित क्रान्ति हो ।”

अध्यक्ष घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनाको अवधिमा जनताको अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभयो । जेन–जी आन्दोलनको मर्मअनुसार सरकारले काम गर्नुपर्ने गति हासिल गर्न नसकेको उहाँको भनाइ थियो ।

यद्यपि सरकारलाई अहिल्यै पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्न नहुने उहाँले बताउनुभयो । सरकारले सुशासनका क्षेत्रमा केही काम गर्न खोजेको देखिए पनि त्यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न नसकेको उहाँको टिप्पणी थियो ।

युवा नेतृत्वमा केही गर्ने इच्छाशक्ति र उत्साह भए पनि अनुभव, विज्ञता र कार्यान्वयन क्षमतासँग जोडेर परिणाममुखी बनाउन आवश्यक रहेको घिसिङले बताउनुभयो ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको उहाँले आरोप लगाउनुभयो । रास्वपासँग एकीकरण गर्ने निर्णय नै उज्यालो नेपालका लागि गलत निर्णय भएको निष्कर्षमा आफूहरू पुगेको उहाँले बताउनुभयो ।

एकीकरण प्रक्रियाका क्रममा उज्यालो नेपालले ठूलो पद वा राजनीतिक भागबन्डाको माग गरेको भन्ने प्रचार गलत भएको घिसिङको दाबी थियो । सहमति गरेर पछि एकतर्फी रूपमा सहमति भङ्ग गर्नु राजनीतिक रूपमा गलत भएको बताउँदै उहाँले त्यसलाई ‘राजनीतिक अपराध’को संज्ञा दिनुभयो ।

अध्यक्ष घिसिङले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको जानकारी दिनुभयो । स्थानीय तहदेखि प्रदेश र संघसम्म पार्टीको उपस्थिति बलियो बनाउँदै देशको नेतृत्व गर्ने लक्ष्यका साथ उज्यालो नेपाल अघि बढिरहेको उहाँको भनाइ थियो ।