काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा डा. सुनीलकुमार शर्माले उम्मेदवारी दिने भएका छन्।
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन्। पार्टीलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउँदै नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यसहित आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको उनले बताएका छन्।
शर्माले कांग्रेसभित्र संगठन सुदृढीकरण, पार्टीमा आन्तरिक लोकतन्त्रको मजबुती, युवा सहभागिता तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।








