२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन

मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन
अ अ+ अ-

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रमा रहेका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ।

बुधवार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रका समस्या खोज तथा अनुसन्धानमार्फत पहिचान गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको हो।

उहाँले विश्वविद्यालयहरू पढ्ने र पढाउने कार्यमा मात्र सीमित हुन नहुने बताउँदै सम्बन्धित क्षेत्रका समस्याको पहिचान तथा समाधानका लागि खोज र अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।

मन्त्री पोखरेलले मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो। नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको जानकारी दिँदै उहाँले उपलब्ध स्रोत र क्षमताअनुसार सबै पक्षले काममा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले मधेसमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण आवश्यक रहेको बताउनुभयो।

उहाँले मधेसमा इन्जिनियरिङलगायत उच्च शिक्षाका लागि विद्यार्थी काठमाडौं जानुपर्ने अवस्थाको कारण पहिचान गर्नुपर्ने बताउनुभयो। साथै, मधेसमा शिक्षाको गुणस्तर सुधारका सम्भावनासमेत अध्ययन गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

मन्त्री पोखरेलले राजर्षी जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरमा पुग्न अझै धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। विश्वविद्यालयको क्षमता अभिवृद्धि, जनशक्ति व्यवस्थापनलगायत विषयमा क्रमशः काम गर्दै शिक्षा क्षेत्र सुधारका लागि सबै पक्षले आफ्नो सामर्थ्यअनुसार योगदान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “मधेस प्रदेशमा शिक्षा क्षेत्रमा रहेका समस्याहरूको खोज र अध्ययनमार्फत पहिचान गरी मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई अनुरोध गर्न चाहन्छु। हामीले शिक्षा क्षेत्रको सुधारका लागि गर्नुपर्ने कुराहरू धेरै छन्। हामी सुरुआती चरणमै छौँ। अहिले हामी सबैले आफ्नो सामर्थ्यले सक्ने सबै प्रकारका काममा फोकस हुनुपर्छ।”

राजर्षी जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरमा पुग्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको पनि मन्त्री पोखरेलले बताउनुभयो।