२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार

‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’

‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’
अ अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका नेता शंकर तिवारीले पार्टीमा विशेष महाधिवेशनपछि पनि अपेक्षाअनुसार रुपान्तरण हुन नसकेको बताउँदै अब ‘रुपान्तरणको पनि रुपान्तरण’ आवश्यक रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार तिवारीले विशेष महाधिवेशनपछि पार्टी ‘रनवेमा अड्किएको’ टिप्पणी गर्दै पूर्ण महाधिवेशनपछि कांग्रेसलाई नयाँ दिशामा अघि बढाउनुपर्ने बताए।

उनले पार्टी सभापतिलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै सभापतिको हात बलियो बनाउनुको अर्थ व्यक्तिगत रूपमा साथ दिनु नभई सही नीति निर्माणमा सहयोग गर्ने र त्यसलाई कार्यकर्ता तथा जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउनु भएको स्पष्ट पारे।

तिवारीले कांग्रेसका महाधिवेशन प्रतिनिधिमध्ये करिब ७० देखि ७२ प्रतिशत नयाँ प्रतिनिधि आएको र तीमध्ये बहुसंख्यक ४५ वर्षमुनिका रहेको बताए। बदलिँदो जनसांख्यिक अवस्थाअनुसार केन्द्रीय पदाधिकारीको नेतृत्वमा पनि युवा आवाज सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

‘हामीले विशेष महाधिवेशनबाट रुपान्तरणको कुरा गर्‍यौँ, तर भनेअनुसार रुपान्तरण हुन सकेन । मेरो पहिलो एजेण्डा रुपान्तरणको पनि रुपान्तरण हो,’ उनले भने, ‘कांग्रेस पार्टी विशेष महाधिवेशन गरेर रनवेमा अड्किरहेको छ। अब १५औँ महाधिवेशनपछि पनि रनवेमा अड्किने अवस्था नआओस् भन्नेमा सचेत हुनुपर्छ।’

उनले सभापति गगन थापासँगै केन्द्रीय पदाधिकारीको बैठकमा सभापतिभन्दा कम उमेरका युवा नेतृत्व पनि सहभागी भएर सल्लाह र सुझाव दिन सक्ने वातावरण बनाउनुपर्ने बताए। वरिष्ठ नेताप्रति सम्मान कायम राख्दै केन्द्रीय पदाधिकारीको तहमा युवा आवाजको प्रतिनिधित्व आवश्यक रहेको उनले उल्लेख गरे।

तिवारीले आफूले महामन्त्री पदलाई पार्टी रुपान्तरणको ‘स्टेपिङ स्टोन’का रूपमा लिएको बताए। बीपी कोइरालाले आफ्ना कार्यक्रम आफैँ निर्माण गरी कार्यान्वयनमा लैजाने गरेको स्मरण गर्दै आफूले पनि पार्टीलाई नयाँ कार्यक्रम र नीतिका आधारमा अघि बढाउन चाहेको बताए।

कांग्रेसका महाधिवेशन प्रतिनिधिमा रहेको असन्तुष्टि र छटपटीलाई राजनीतिक एजेण्डा र गन्तव्य दिन आफूले महामन्त्रीमा उम्मेदवारी दिएको उनको भनाइ छ।

महामन्त्री पदको उम्मेदवारीबाट आफू कुनै हालतमा पछि नहट्ने स्पष्ट पार्दै तिवारीले देशभरका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको हौसलामा आफ्नै बलमा उम्मेदवारी दिएको बताए। आफू महामन्त्रीमा विजयी हुनेमा विश्वस्त रहेको उनको दाबी छ।

‘म मेरो दममा खडा भएको छु, देशभरिका कार्यकर्ता साथीहरूको दममा खडा भएको छु। म अन्तिमसम्म जंगमा रहन्छु र विजयी भएर आउनेछु। मैले फिर्ता गर्ने कुरा छैन,’ उनले भने।

कांग्रेसको इतिहासमा पदाधिकारीलाई दोहोर्‍याएर अवसर दिने अभ्यास नरहेको उल्लेख गर्दै तिवारीले आफू ‘अनटेस्टेड’ भएकाले नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताए। उनले बीपी कोइरालाको पालाका कार्यसमितिहरूमा पदाधिकारी दोहोर्‍याउने अभ्यास नभएको दाबी गर्दै आफूलाई पनि परीक्षण हुन बाँकी नेतृत्वका रूपमा अवसर दिनुपर्ने धारणा राखे।

केन्द्रीय कार्यसमितिमा नरहे पनि पार्टीका निर्णय कार्यान्वयन तथा नीतिगत विषयमा आफूले निरन्तर बहस र पैरवी गर्दै आएको तिवारीले बताए।

तिवारीलाई पार्टी सभापति गगन थापाको विश्वासपात्रका रूपमा समेत लिइन्छ।