२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ News Polar विद्यादेवी भण्डारीले लिनुभयो एमालेको वरिष्ठ उपाध्यक्ष पदको शपथ News Polar एमाले स्थायी कमिटी बैठक च्यासलमा सुरु, वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी News Polar कांग्रेस महाधिवेशन : मतदानको तयारी अन्तिम चरणमा News Polar बाढी–पहिरोमा १ हजार ४५५ जनाको मृत्यु, ५ हजार २८५ अझै बेपत्ता News Polar ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा स्थायी कमिटी बैठकमा सहभागी हुँदै विद्या भण्डारी

विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन

विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ले विपद्बाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेको छ ।

समितिका सभापति गणेश पराजुली नेतृत्वको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपद्पछिको वस्तुगत अवस्थाको अध्ययन सुरु गरेको हो ।

विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग समितिको टोलीले विपद् र विपद्पछिको वास्तविक अवस्थाबारे जानकारी लिएको सभापति पराजुलीले बताउनुभयो ।

स्थलगत अध्ययनका क्रममा खोज तथा उद्धार, राहत तथा अस्थायी आश्रय, आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापना, सुरक्षित पुनःस्थापना तथा पुनर्वास, दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरण लगायतका विषयमा स्थानीय तहका प्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

सभापति पराजुलीका अनुसार खोज, उद्धार र राहतका क्रममा सङ्घीय सरकार तथा सम्बन्धित निकायले देखाएको तत्परताप्रति स्थानीय जनप्रतिनिधिले प्रशंसा गरेका छन् । यद्यपि, अब आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापनामा प्रभावकारी तत्परता देखाउनुपर्ने र तत्काल कानुन संशोधनमार्फत सम्बोधन गर्नुपर्ने विषयमा स्थानीय जनप्रतिनिधिले आग्रह गरेका छन् ।

“खोज, उद्धार र राहतमा सङ्घीय सरकार तथा सम्बन्धित निकायले देखाएको तत्परताप्रति स्थानीय जनप्रतिनिधिले खुलेर प्रशंसा गर्नुभएको छ,” सभापति पराजुलीले भन्नुभयो, “अब आधारभूत सेवा तथा सम्पर्क सञ्जालको पुनःस्थापनामा प्रभावकारी तत्परता देखाउन र तत्काल कानुन संशोधन गरी सम्बोधन गर्नुपर्ने विषयमा उहाँहरूले टड्कारो आग्रह गर्नुभएको छ ।”

समितिले विपद्पछिको तत्कालीन अवस्थाको अध्ययनसँगै पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका क्रममा अपनाउनुपर्ने उपाय र आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक विधि तथा नीतिगत व्यवस्थाबारे सुझाव समेत सङ्कलन गरिरहेको जनाएको छ ।