२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान

बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार

बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार
अ अ+ अ-

काठमाडाैँ । सरकारले मेडिकल क्षेत्रमा देखिएको बेतिथि र अनियमितता अन्त्य गर्दै यस क्षेत्रलाई थप जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ।

मेडिकल कलेजको निरीक्षणका बेला मात्रै फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाबा’ अर्थात् ‘घोस्ट फ्याकल्टी’ विरुद्ध सरकारले कडा कारबाहीको तयारी गरेको हो। शिक्षामन्त्रीको निर्देशनअनुसार अनियमितता तथा बेतिथिमा संलग्न मेडिकल कलेजको निगरानी बढाउँदै दोषीमाथि कारबाही गर्ने तयारी गरिएको छ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अस्पताल तथा चिकित्सकबाट लापरबाही भएको सम्बन्धमा प्राप्त विशेष सूचनाका आधारमा सरकारले बेतिथि अन्त्य गर्न नयाँ कदम चाल्न लागेको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रालयका अनुसार सम्बन्धित सरकारी तथा नियामक निकायले देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीहरूको विवरणमाथि सूक्ष्म निगरानी सुरु गर्ने भएका छन्। फ्याकल्टीको नियुक्ति, नियमित उपस्थिति, अध्यापन, अस्पतालमा प्रदान गर्ने सेवा तथा निरीक्षणका क्रममा पेश गरिएका विवरणसमेत जाँचको दायरामा ल्याइनेछ।

वास्तविक रूपमा अध्यापन वा स्वास्थ्य सेवा प्रदान नगरी निरीक्षणका लागि मात्रै आफ्नो नाम, उपस्थिति वा कागजात प्रयोग गर्न दिएको प्रमाणित भएमा सम्बन्धित चिकित्सकमाथि समेत कारबाही गरिने स्रोतले जनाएको छ।

गम्भीर प्रकृतिको संलग्नता प्रमाणित भए नेपाल मेडिकल काउन्सिलको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ। विद्यार्थी तथा अन्य सरोकारवालाबाट प्राप्त सूचना, फोटो, भिडियोलगायत प्रमाणसमेत अध्ययन गरिनेछ।

मन्त्रालयले अब कागजमा मात्रै नभई कक्षामा वास्तविक फ्याकल्टी हुनुपर्नेमा जोड दिएको छ। मेडिकल कलेजले ‘खडेबाबा’ प्रयोग गरेर सिट संख्या वा मान्यता प्रभावित गर्ने अभ्यास गरेको प्रमाणित भएमा त्यसमा संलग्न सबैलाई जवाफदेही बनाइने मन्त्रालयको भनाइ छ।

हालै बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा समेत मेडिकल कलेजमा हुने यस्ता बेतिथिको विषय उठेको थियो। बैठकमा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्र खत्रीले यस्ता गतिविधिमा संलग्न अस्पताल तथा चिकित्सकप्रति कडाइ गर्नुपर्ने धारणा राख्नुभएको थियो।

यस विषयमा शिक्षा मन्त्रालयले समेत मन्त्रालयमा प्राप्त गुनासोलाई आधार बनाउँदै सम्बन्धित सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिसकेको जनाएको छ। अब मेडिकल कलेजमा फ्याकल्टीको वास्तविक उपस्थिति र जिम्मेवारी सुनिश्चित गर्न अनुगमन तथा कारबाही प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ।